च:मतीमा रास्वपाको चियापान, प्रचण्डले बजाए घण्टी (तस्बिरहरू) « Khabarhub

च:मतीमा रास्वपाको चियापान, प्रचण्डले बजाए घण्टी (तस्बिरहरू)


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् ।

दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार च:मतीमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदै प्रचण्डले विभिन्न स्टलहरूको पनि अवलोकन गरेका छन्।

चियापानका क्रममा रास्वपा सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग प्रचण्डले संवाद पनि गरे । विभिन्न नेपाली उत्पादनका स्टलमा प्रचण्डलाई उपप्रधानमन्त्री लामिछानेले घुमाए ।

त्यसक्रममा प्रचण्डले रास्वपा कार्यालयमा राखिएको ठूलो आकारको घण्टी पनि बजाए । रास्वपाले दलका रुपमा दर्ता हुने क्रममा निर्वाचन आयोगबाट यही घण्टी चुनाव चिह्न पाएको हो ।

रास्वपाले घण्टी चुनाव चिह्न लिएर पहिलो पटक चुनावमा उठ्दा प्रचण्डकै गृहजिल्ला चितवन र काठमाडौंसहित देशका २० वटा निर्वाचन क्षेत्र २०७९ मा जितेको थियो ।

शुक्रबार चियापानमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रास्वपाको चुनाव चिह्न घण्टी बजाएका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ३ : १६ बजे

प्रधानमन्त्री बालेन्द्र केही मन्त्री हटाउने जोडघटाउमा लागेका हुन् ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले पर्फर्मेन्स नपुगेका केही मन्त्रीहरू हेरफेरको सन्दर्भमा

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि

विश्वकप उपाधि भिडन्तमा ‘१९’ को अनौठो संयोग : पहिलो पटक आमनेसामने हुँदै मेस्सी र यामाल

काठमाडौं- लियोनेल मेस्सी र लामिन यामाललाई एउटा संख्याले अचम्मसँग जोडेको

इरानी आक्रमणमा दुई सैनिक मारिएपछि अमेरिका आक्रोशित, बदला लिएको दाबी

अम्मान- जोर्डनस्थित मुवाफ्फक सल्ती एयरबेसमा गएराति भएको मिसाइल आक्रमणमा दुई

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज