आजका समाचार : घण्टीघरमा नेताहरूको जमघटदेखि ५७ करोडको लिपिस्टिक आयातसम्म | Khabarhub Khabarhub

आजका समाचार : घण्टीघरमा नेताहरूको जमघटदेखि ५७ करोडको लिपिस्टिक आयातसम्म


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारका निकायले समन्वयकारी रूपमा समाधान खोजौँ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्रीले २ वटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकोमा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए ।

बजेटको छलफल नसकिएसम्म अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई बजेट निर्णयार्थ प्रस्तुत नहुँदासम्म संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेक प्रतिनिधि सभाको आगामी बैठकमा पेश नहुन्जेलसम्म अनिवार्य उपस्थित हुन ह्वीप जारी भएको बताए ।

च:मतीमा रास्वपाको चियापान, प्रचण्डले बजाए घण्टी 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् ।

दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार च:मतीमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदै प्रचण्डले विभिन्न स्टलहरूको पनि अवलोकन गरेका छन्।

आइडीएको बैठक काठमाडौंमा सम्पन्न, विश्व बैंक प्रतिनिधिले नेपालका परियोजना हेर्ने

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुनले शुक्रबार समापन गरेका हुन्‌ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठक उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो ।

कर्मचारीलाई उच्च मनोबल र आँटका साथ काम गर्न अर्थमन्त्रीको निर्देशन

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुनले आज मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरू, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतका उच्च अधिकारी बोलाएर कार्य योजनाबारे प्रारम्भिक छलफल गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

त्यस क्रममा अर्थमन्त्री पुनले कार्यान्वयन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिए । ‘खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्य योजना बनाऔँ । तोकिएको समयमा लक्ष्यअनुसार खर्च गर्ने र खर्च बढाउन सकियो भने त्यति नै बजार चलायमान हुने हो’, अर्थमन्त्री पुनले भने, ‘हामीले अहिले असारमा गरिरहेको खर्च छ महिनाअघि गर्न पाएको भए दुई/तीनपटक बजारमा ‘सर्कुलेट’ हुन्थ्यो । त्यसबाट राजस्व सङ्कलन र रोजगारी सृजना हुन्थ्यो । हामी परम्परागत नहोऔँ, समयमै काम गर्ने गरी योजना बनाऔँ ।’

रास्वपा र राप्रपा मिल्न सके जनतामा फरक सन्देश जान सक्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्‍मा आएपछि अंक गणितमामात्रै फरक भएको बताएका छन् ।

उनले रास्वपाको उपस्थितिमा अन्य परिवर्तन नभएको टिप्पणी गरेका छन् । शुक्रबार रास्वपाको स्थापना दिवसमा सहभागी लिङ्देनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसद्को प्रवृत्तिमा कुनै परिवर्तन नआएको बताए । ठूला दलका मुख्य नेताले निर्णय गर्ने र संसद्लाई बन्धक बनाउने काम जारी नै रहेको उनले बताए ।

प्रेम सुवालको तर्क- प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेलाई बर्खास्त गर्नुपर्छ

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको सोह्रौँ नगर सभाको शुक्रबार उद्घाटन गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले जनताको गाँस, बाँस र रोजगारीको बन्दोबस्त हुनु नै सहिदहरूको सपना पूरा हुनु हो भन्दै नीति तथा कार्यक्रमको सफलतापूर्वक कार्यान्वयनतर्फ नगरपालिकाले जोड दिनुपर्ने बताए ।

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी भइरहेको छ : मन्त्री जोशी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्ने तयारी भइरहेको बताएका छन् ।

मन्त्रालयको नेतृत्व लिएपछि भए/गरेका मुख्य उपलब्धिबारे आज जानकारी दिँदै मन्त्री जोशीले तीन तहकै कर्मचारी व्यवस्थापनमा छाता ऐनका रूपमा रहने प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्न समिति र राजनीतिक दलसँगको संवादलाई घनिभूत तुल्याइएको बताए ।

अर्थसंक्षेपः ‘धामको सर्फ’ले भारतीय उत्पादनलाई च्यालेन्जदेखि ५७ करोडको लिपिस्टिक आयातसम्म

योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारद्वारा दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित मूल समारोह समितिले भक्तपुरको एसओएस बालग्राममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गरेको छ ।

प्रधानमन्त्री दाहालले सम्बोधन गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले योग जीवनमा अपरिहार्यता रहेको चर्चा गरे। उनले स्वस्थ जीवनका लागि सबैले योगाभ्यासलाई अपनाउनुपर्ने बताए।

योग दिवसलाई जनस्तरमा सम्बन्ध बढाउने माध्यम बनाउँदै भारत, देशका १० सहरमा कार्यक्रम

भारत सरकारले योग दिवसलाई नेपालमा सम्बन्ध विस्तारको माध्यम बनाउँदै लगेको छ । भारतकै पहलमा १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालेको थियो ।

जुन २१ मा मनाइने योग दिवसको केही दिनअघिबाटै नेपालस्थित भारतीय निकायहरू देशका विभिन्न सहरमा यो दिवसलाई उत्सवका रुपमा मनाइरहेको छ । भारतले योग दिवसमा नेपालका सर्वसाधरणलाई पनि सहभागी गराएर सम्बन्ध जनस्तरमा लैजाने कोसिस गरेको हो ।

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानी तथा खनिज पदार्थको उत्खननका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को व्यवस्थामा परिमार्जन तथा संशोधन गरी समयानुकूल बनाउन समितिले निर्देशन दिएको हो । आजको बैठकमा नेपाल सिमेन्ट उत्पादक सङ्घबाट प्राप्त निवेदनका सन्दर्भमा छलफल गरी उक्त निर्णय गरेको समितिका सभापति अब्दुल खानले जानकारी दिए ।

युक्रेनलाई हतियार नदिन दक्षिण कोरियालाई पुटिनको चेतावनी

राष्ट्रपति निर्वाचनको प्रचारका लागि डोनाल्ड ट्रम्पलाई पाँच करोड डलर चन्दा

६ हजार टनभन्दा बढी राहत सामग्री गाजा पुग्यो

हज यात्रामा मक्का गएका भारतका मात्रै ९८ तीर्थयात्रीले ज्यान गुमाए

भारी वर्षापछिको बाढीले चीनमा ११ जनाको मृत्यु

भारतीय पुँजी बजारमा विदेशी लगानीको ओइरो

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि सुवासलाई

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ०५ बजे

लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत– पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा

सगरमाथा क्षेत्रमा लडेर घाइते जापानी नागरिकको उद्धार

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी

आधुनिकताको नाममा मौलिकता गुमाउँदै तिहार

काठमाडौ- सिन्धुली घर भएकी खुसी अर्याललाई अहिलेको तिहार त तिहार

सवारी कर उठाउन गृह मन्त्रालयले लगायो रोक

काठमाडौं– यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर उठाइरहेको गुनासो

आजको कार्टुन : यो सहकारीबाट निकालेको पैसो होइन

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन यहाँ प्रस्तुत गरेका छौँ