उपसभामुखबारे रास्वपाले भन्यो– ‘अनर्गल प्रचार गरियो’ « Khabarhub

उपसभामुखबारे रास्वपाले भन्यो– ‘अनर्गल प्रचार गरियो’


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको नाम उल्लेख गरी विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज एक विज्ञप्ति जारी गर्दै केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट सोधखोज गरिएको र भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभएको जनाएको छ ।

रास्वपाले विभिन्न कूटनीतिक निकाय एवं जानकारहरुसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरुले अन्तर्वार्ता मिति मात्र नभइ भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको उल्लेख गरेको छ ।

कार्यवाहक प्रवक्ता झाले पार्टीले गरेको अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले सञ्चार माध्यमहरुमा अतिरञ्जित रुपमा प्रस्ततु गरिएका सूचना सामग्रीहरु जस्तो कतै पनि भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नदेखिएको उल्लेख गरेका छन् ।

संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिने सो पार्टीले दाबी गरेको छ ।

उपसभामुख लगायत अन्य नेताहरुबाट कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरु भए–नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका रुपमा सधैँ रहिआएको रास्वपाले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : १५ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा