आजका समाचार : ओलालाई दुईतिहाइ विश्वास, बंगलादेशमा आरक्षण खारेज, नेपाली विद्यार्थी फर्किँदै | Khabarhub Khabarhub

आजका समाचार : ओलालाई दुईतिहाइ विश्वास, बंगलादेशमा आरक्षण खारेज, नेपाली विद्यार्थी फर्किँदै


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओलीले पाए संसद्‍को दुईतिहाइ मत, पक्षमा १८८, विपक्षमा ७४

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट विश्वासको मत पाएका छन् । गत असार ३० गते नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनले संसद्‍को दुईतिहाइ समर्थन पाएका हुन् ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए ।

कांग्रेस-एमाले ७ बुँदे सहमति सार्वजनिक, चुनावी सरकारको नेतृत्व देउवाले गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् ।

उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् ।

सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

सर्वोच्च अदालतले वर्तमान सरकार गठन गर्दा संविधानको गलत धारा प्रयोग भएको उल्लेख गर्दै दायर गरिएको रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न भएकाले उक्त विवाद संवैधानिक इजलासले सुनुवाइ गर्न उपयुक्त हुने ठहर गरेको हो ।

बागमतीमा नयाँ सरकार गठनको आव्हान

बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार साँझ ५ बजेसम्मको समय दिएर सरकारमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेसँगको तत्कालीन गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुवैजना मुख्यमन्त्रीले आइतबार राजीनामा दिएका हुन् ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

तनावपछि बंगलादेशबाट फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू)

बंगलादेशमा आरक्षण कोटाको विरोधमा चर्किँदै जाँदा नेपाली विद्यार्थीहरू फर्किएका छन् ।

आन्दोलन हिंस्रात्मक हुँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन् । बंगलादेशको ढाकाबाट आइतबार विद्यार्थीहरूको एउटा समूह त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

ललितपुर महानगरले सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो दमकल (तस्बिरहरू)

ललितपुर महानगरपालिकाले १०६ पुरानो दमकल सञ्चालनमा ल्याएको छ।

१०६ वर्षदेखि निष्क्रिय रहेको दमकल मर्मत गरी पुनः प्रयोगमा ल्याइएको हो ।

फुटपाथ विस्तारको विरोधमा चिनीकाजीले त्रिपालबाटै थाले वडाको काम (तस्बिरहरू)

फुटपाथ बिस्तारलाई लिएर काठमाडौं महानगरपालिका र वडाहरूबीचको विवाद साम्य भएको छैन ।

न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मसहितका क्षेत्रमा फुटपाथ बिस्तार थालिएपछि वडाले विरोध गरेका हुन्

सिमलताल पहिरो : बेपत्ताको खोजीमा जुट्यो भारतीय टोली

नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोसँगै त्रिशूलीमा बगेका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजीमा भारतीय उद्धार टोली जुटेको छ ।

भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपतिलाई, अब क्षमापूजा गरिने

दोलखास्थित भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ ।

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई महाप्रसाद प्रदान गरेको हो ।

६१ अंकले बढ्यो नेप्से, कारोबार १५ अर्ब बढी

साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको छ । नेप्से एकै दिन ६१.६१ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो ।

आइतबार नेप्से २.५४ प्रतिशतले बढेर २४८८५.९४ विन्लुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटल एण्ठ टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ ।

आज वाणिज्य बैंक समूहको शेयर ३.८६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको शेयर ६.८० प्रतिशतले बढेको छ । होटल एण्ड टुरिजमको शेयर ४.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै इन्भेष्मेन्ट समूहको शेयर २.६८ प्रतिशतले, उत्पादन समूहको २.९७ प्रतिशत र अन्य समूहको ३.३८ प्रतिशतले शेयर बढेको छ । आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

खेलकुद…

महिला एसिया कप : पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एसीसी महिला एसिया कप क्रिकेट अन्तरगत पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशाला पाकिस्तानले टस जितर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

प्रतियोगितामा विजयी सुरुवात गरेको नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित

अन्तर्राष्ट्रिय…

बंगलादेशमा सर्वोच्च अदालतले आरक्षण प्रणालीलाई खारेज गरिदियो

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

बोलिभियामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु

विज्ञानमा ५५ वर्षअघि भएको त्यो क्रान्ति

एडीबीद्वारा भारतका लागि २४ करोड डलर ऋण स्वीकृत

यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसालेको इजरायली सेनाको दाबी

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ८ : ०१ बजे

अमेरिकी डलरको भाउ बढ्दा कुन-कुन विदेशी मुद्राको घट्यो ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जन्मको आधारमा नागरिकता नदिने ट्रम्पको निर्णय असंवैधानिक भएको अदालतको ठहर

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको जन्मको आधारमा दिने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल माघ ११ गते शुक्रबार माघ

आज २०८१ साल माघ ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ ११ गते शुक्रबार माघ

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार