गिल र पन्तको शतकमा बङ्गलादेशलाई ५१५ रनको लक्ष्य « Khabarhub

गिल र पन्तको शतकमा बङ्गलादेशलाई ५१५ रनको लक्ष्य


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले बङ्गलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ । 

जारी टेस्टको दोस्रो इनिङ्गमा भारतले ४ विकेट गुमाउँदै २८७ रन बनाएर आफ्नो पारी घोषणा गरेपछि बङ्गलादेशले ५१५ रनको लक्ष्य पाएको हो । भारतले पहिलो इनिङ्गमा पाएको २२७ रनको बढ्तका आधारमा बङ्गलादेशलाई विशाल लक्ष्य दिएको हो । 

भारतका लागि दोस्रो इनिङ्गमा शुभमन गिलऋषव पन्तले शतक बनाएका थिए ।  गिलले अविजित ११९ रन बनाए भने पन्त १०९ रन बनाएर आउट भएका थिए । 

यस अघि भारतले पहिलो इनिङ्गमा ३७६ रन बनाएको थियो भने बङ्गलादेश १४९ रनमै अल आउट भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ३ : २९ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण