आज २०८१ साल पुस ६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस ६ गते शनिबारको राशिफल


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस ६ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर २१ तारिख। पौष कृष्ण पक्षको षष्ठी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। हरेक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीभाइ दाहिना भएकाले राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

वृष : साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रयास निरन्तर गर्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा घात हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

मिथुन : अनुत्पादक क्षेत्रको लगानीले घाटा हुनेछ। दाजुभाइको सल्लाहमा अगाडि बढेमा दिन सहज हुनेछ। सहकर्मीले आक्रमण निरन्तर गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्दा फाइदा हुनेछ। लगानीको क्षेत्रमा सफलता मिल्नेछ। बन्धुसँगको सहकार्य अगाडि बढाएमा फाइदा हुनेछ। राजनीतिमा सहकार्य हुनेछ। बौद्धिक व्यक्तिसँग समय बिताउँदा फाइदा हुनेछ। परिवारले शंका गर्ने भएकाले सचेत बन्नुपर्नेछ।

सिंह : भाग्यको उदय हुनेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। पेट सम्बन्धी रोगले सताउने जोखिम छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। विपक्षी साथी तपाईंलाई असफल बनाउन सक्रिय भए पनि तपाईंले आफ्नो काममा निरन्तरता दिनु आवश्यक देखिन्छ।

कन्या : दिन राम्रो भए पनि गलत ठाउँमा लगानी भए ठुलो घाटा हुनेछ। लगानी गर्नुपर्ने भए आफू अगाडि नबढ्नु राम्रो हुन्छ। स्वास्थ्यको क्षेत्रमा भने सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। आज सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। साथीभाइ दाहिना भएकाले राम्रो कामको सुरुवात गरेमा फाइदा हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सहज छ। बोल्दा सचेत बन्नुपर्नेछ। आम्दानीका स्रोत बलिया छन्। सामाजिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। औषधी नियमित नहुँदा पुरानो रोगले सताउने जोखिम छ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

धनु : दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। राम्रो कामको सुरुवात हुनेछ। विपक्षी सक्रिय भएकाले हरेक काम गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। सहकर्मीसँग सहकार्य गरेर मात्र निर्णय गर्नु राम्रो हुनेछ। विपक्षी साथीको सम्मान गर्न नजान्दा अप्ठेरो परिस्थिति बन्नसक्छ। परिवारबाट घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कुम्भ : शुभग्रहको पहुँच रहेको छ। दीर्घकालीन योजना बनाउन सकिन्छ। गुरुसँगको परामर्शले मन हलुका हुनेछ। परिवारको तर्फबाट साथ मिल्ने दिन छ। साथीले महत्त्वपूर्ण काममा सहयोग गर्नेछन्।

मीन : दैनिकी सहज छ। परिवारको साथ र सहयोग मिल्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। बिहान पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ५ : ३० बजे

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करबाट मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको