मैदानमा पुगेर एक लाख ३० हजारले हेरे एनपीएल « Khabarhub

मैदानमा पुगेर एक लाख ३० हजारले हेरे एनपीएल


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएका ३२ वटा खेल हेर्न एक लाख ३० हजारभन्दा बढी दर्शक पुगेका आकलन गरिएको छ ।

उद्‌घाटनदेखि फाइनल खेल हेर्न काठमाडौं उपत्यका र बाहिरी जिल्लाबाट उक्त संख्यामा दर्शक कीर्तिपुर मैदान पुगेको अनुमान क्रिकेट एसोसिएन अफ नेपाल (क्यान) ले गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाले खबरहबसँग भने, ‘अन्तिम डाटा संकलन भइसकेको छैन, तर करिब एक लाख ३०–३५ हजार दर्शकले कीर्तिपुर नै पुगेर खेल हेर्नुभएको हाम्रो प्रारम्भिक निष्कर्ष छ ।’

लामाका अनुसार, त्रिवि मैदानमा क्रिकेट हेर्न मोफसलबाट ६० हजारभन्दा बढी दर्शक आइपुगेका थिए । उनले भने, ‘जनकपुर, सुदूरपश्चिम भनौं वा आठै फ्रेन्चाइजका सम्बन्धित भूगोलका दर्शक आएर कीर्तिपुरमै खेल हेर्नुभएको छ । आफूले समर्थन गरेको टिमको खेल हेर्न बाहिरबाट दर्शक आउनु भएको हो ।’

क्यानको अपेक्षाअनुसार नै घरेलु लिगका खेल हेर्न दर्शक आएका लामाले बताए । उनले थपे, ‘अपेक्षाभन्दा राम्रो उपस्थिति पायौं । दर्शकको उपस्थितिले एनपीएलमा सहभागी विदेशी खेलाडी मोहित भएको हामीले पाएका छौं ।’

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : ०६ बजे

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा