टाउकोमा जुम्रा किन पर्छ ? « Khabarhub

टाउकोमा जुम्रा किन पर्छ ?


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाडो मौसममा विशेषगरी बालबालिका  र बूढाबूढीमा धेरै जुम्रा पर्ने समस्या देखिन्छ । जाडोमा टोपी लगाउँदा र समयमा सरसफाइ नहुँदा जुम्रा पर्ने गर्छ ।

जुम्रा कपालमा मात्र हैन शरीरका अन्य अंग जिउ र गुप्ताङ्गमा फरकफरक प्रकारका जुम्रा पर्छन् ।

जुम्रा एक प्रकारको परजीवी हो, जुन सजिलै एउटाबाट अरूमा सर्छ । परिवारमा कसैलाई जुम्रा परेको छ भने अन्यलाई पनि सर्न सक्छ ।

जुम्रा परेपछि जिउ तथा टाउको बेसरी चिलाउने हुन्छ । जुम्रा विशेष गरी लामो र बाक्लो कपालमा हुने गर्छ । एउटा जुम्राले एक दिनमा कम्तीमा ८ वटासम्म अण्डा पार्न सक्छ । जुम्राले पारेको अण्डालाई लिखा भनिन्छ । 

कपालको जरासँगै पर्ने लिखाले टोकेको ७ वटा जुम्राले टोके बराबर हुन्छ भनिन्छ । छाला रोग विशेषज्ञका अनुसार कपालको जरामा लिखा टाँसिएको छ भने सङ्क्रमण भएको मान्ने गरिन्छ । सामान्यतया जुम्राको आयु ३० दिनको हुन्छ ।

यसरी हटाउन सकिन्छ जुम्रा र लिखा
जुम्राबाट छुटकारा पाउने औषधि बजारमा धेरै पाइन्छ । जुम्रा परेको बेलामा घेरै घरेलु उपायहरू अपनाएर पनि हटाउन सकिन्छ ।

त्यसका लागि सबैभन्दा पहिला राम्रो खाले काइँयोको प्रयोग गरेर कपालमा रहेको जुम्रा र ससाना अण्डाहरू हटाउन सकिन्छ ।

कपालबाट जुम्रा हटाउन चिकित्सकको सुझाव अनुसारको साबुन, क्रिम वा औषधी प्रयोग गर्न सकिन्छ ।

कपाललाई कम्तीमा पनि साताको दुईपटक नुहाउँदा जुम्रा पर्ने सम्भावना न्यून हुन्छ ।

घरेलु रूपमा पूजा गर्ने कपुरलाई तोरीको तेलमा भिजाएर राति सुत्ने बेला लगाउने र बिहान उठेर नुहाउँदा पनि जुम्राबाट छुटकारा पाउन सकिन्छ ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै