सोमालियाको तटमा हराएका दुई अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि | Khabarhub Khabarhub

सोमालियाको तटमा हराएका दुई अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन डिसी– जनवरी ११ मा सोमालियाको तटबाट बेपत्ता भएका दुई अमेरिकी नौ सेनाको मृत्यु भएको अमेरिकी नौ सेनाको केन्द्रीय कमाण्डले जनाएको छ । पछिल्लो १० दिनसम्म खोजी गर्दा पनि पत्ता नलागे पछि नौसेनाले उनीहरूको मृत्यु भएको पुष्टि गरेको हो ।

केन्द्रीय कमाण्डले आइतबार एक विज्ञप्तिमा भनेको छ– ‘हामीलाई यो घोषणा गर्दा खेद छ कि १० दिनको व्यापक खोजी पछि हाम्रा दुई बेपत्ता अमेरिकी नौसेना फेला परेका छैनन् र तिनीहरूको स्थिति मृतकमा परिवर्तन गरिएको छ ।’

अमेरिका, जापान र स्पेनका टोलीहरूले दुई हराएका सैनिक पत्ता लगाउन प्रयास गर्न २३ हजार वर्ग माइलमा भन्दा बढी क्षेत्रमा खोजी गरेका थिए  ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : ४८ बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन