काठमाडौं– नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा दस्तावेज मस्यौदा समितिको बैठक बसिरहेको हो ।
बैठकमा आगामी महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज मस्यौदाका विषमा छलफल भइरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
पार्टीको छैटौँ केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा दस्तावेज मस्यौदा तयार गर्न २७ सदस्यीय दस्तावेज मस्यौदा समिति बनेको थियो ।
प्रतिक्रिया