बागमतीसंग कर्णाली पराजित « Khabarhub

बागमतीसंग कर्णाली पराजित


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ ।

 कर्णालीले प्रस्तुत गरेको ७९ रनको समान्य लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे । त्यस्तै रविन जोशीले अविजित १६ रन बनाए । आशुतोष घिरैयालाई नौ रन जोड्दा रित गौतमले आठ बनाए । कर्णालीका लागि तीनै विकेट दिवान पुनले लिए ।

 यस जितसँग बागमतीले छ खेलमा चारमा जित तथा दुई हारसहित आठ अंक जोडेको छ । बागमतीले यसअघि मधेस प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशलाई हराएको थियो । त्यस्तै नेपाल पुलिस क्लब र एपिएफसँग भने बागमती पराजित भएको थियो ।

 त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 बागमतीका लागि रिजन ढकालले पाँच विकेट लिए भने इशान पाण्डेले दुई तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान एक÷एक विकेट लिए । यस हारसँगै कर्णाली पाँच खेलमा दुई जित र तीन हारसहित चार अंक जोड्दै अंक ताकिलाको सातौँमा छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  २ : ५२ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई