नक्कली सर्टिफिकेटको आरोपमा एक चिकित्सक पक्राउ « Khabarhub

नक्कली सर्टिफिकेटको आरोपमा एक चिकित्सक पक्राउ


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले एक चिकित्सक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-२ का ४० वर्षीय समृद्ध भट्टाचार्य रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार बसुन्धराबाट पक्राउ गरेको हो। 

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले नेपाल मेडिकल काउन्सिलको नक्कली सर्टिफिकेट देखाएर बिरामी जाँच गर्ने गरेका थिए।

यस्तै, उनले विदेश जानेहरूको मेडिकल रिपोर्ट बनाउने गरेका थिए। रेग्मीका अनुसार उनी धौलागिरी पोलिक्लिनिक बसुन्धरा र वी केयर नक्सालमा काम गर्ने गरेका थिए। ‘बसुन्धरास्थित पोलिक्लिनिकमा काम गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो’ रेग्मीले भने। 

उनले आफूलाई त्रिवि शिक्षण अस्पतालको चिकित्सक समेत बनाउँदै आएका थिए। ‘चीनमा एमबिबिएस अध्ययन गरेको भन्दै ढाँटेर काम गर्ने गरेको पाइएको छ,’ रेग्मीले भने।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ०७ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई