खैरहनीका विपन्न बस्तीमा गृहकार्य कक्षा « Khabarhub

खैरहनीका विपन्न बस्तीमा गृहकार्य कक्षा


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुवात गरेको छ । विपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो ।

नगर प्रमुख शशिकुमार खनियाँले गृहकार्य कक्षा सञ्चालनबाट घरमा अध्ययन गर्ने वातावरण मिलाउन कठिन विपन्न बस्तीका बालबालिकालाई बिहान बेलुका शिक्षकको सहयोगमा गृहकार्य गर्ने र नयाँ कुरा सिक्ने अवसर प्रदान गरिएको बताए ।

नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा सञ्चालन हुने गृहकार्य कक्षामा विपन्न परिवारका सात सय ८४ बालबालिका सहभागी हुने नगरप्रमुख खनियाँले बताए । ती स्थलमा समयको व्यवस्थापन गरेर बस्तीमा नै शिक्षक पुगेर नियमित गृहकार्य कक्षा सञ्चालन गर्नेछन् ।

कक्षा सञ्चालनका लागि पढाउने ठाउँ नगरपालिकाले नै व्यवस्थापन गर्नेछ । गृहकार्य कक्षा सञ्चालन गर्ने शिक्षकले बालबालिकालाई विद्यालयबाट प्रदान गरिएको गृहकार्य गर्न र बालबालिकालाई अप्ठ्यारो लाग्ने विषय सिकाउन सहयोग गर्ने व्यवस्था गरिएको नगर उपप्रमुख कविता उप्रेतीले बताए । 

उनले गृहकार्य कक्षामा सहभागी हुने बालबालिकालाई नगरपालिकाबाहेक अन्य क्षेत्रसँगको समन्वय गरेर शैक्षिक सामग्री वितरण गर्ने योजना रहेको बताए । नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालन गरेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ३५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई