अनन्तश्री ब्रह्माण्डीय महायज्ञ बागलुङमा हुने  « Khabarhub

अनन्तश्री ब्रह्माण्डीय महायज्ञ बागलुङमा हुने 


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० फाल्गुनको ९ गतेदेखि सर्वसिद्धीधाम पञ्चकोट, बागलुङमा हुने भएको छ ।

अनन्तश्री ब्रह्माण्डीय महायज्ञ मूल समारोह समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पञ्चकोटमा फाल्गुन ९ गतेदेखि २३ गतेसम्म १५ दिवसीय महायज्ञ आयोजना गरिएको जानकारी दिएको हो ।

महायज्ञको २५ फिट अग्लो धान्यामौलोमा २१ हजार ५ सय ५५ जना श्रद्धालु भक्तजनहरूबाट २१ हजार ५ सय ५५ क्विन्टल धान अर्पण गरी धान्याचल हुने आयोजकले जनाएको छ ।

त्यस्तै महायज्ञका क्रममा राष्ट्रसम्मुनती, विश्वशान्ति र वैयक्तिक कार्य सिद्धिको सङ्कल्पका विभिन्न कार्यक्रमका साथै सम्मेलनको आयोजना हुने स्वामी कमल नयनाचार्यले जानकारी दिए ।

ब्रह्माण्डका समस्या देवी देवता नदी तीर्थहरूलाई कलशमा आह्वान गरी पूजा आराधना गरिने भएका कारण महायज्ञलाई अनन्तश्री ब्रह्माण्डीय भनिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ५२ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को