डोनेत्स्क बजारमा युक्रेनी गोलाबारी, २७ जनाको मृत्यु « Khabarhub

डोनेत्स्क बजारमा युक्रेनी गोलाबारी, २७ जनाको मृत्यु


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी सेनाले आइतबार डोनेत्सकको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु  भएको छ । साथै २५ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

युक्रेनी पक्षबाट १५२ एमएम क्यालिबर र १५५ एमएम क्यालिबरको गोला प्रहार गर्दा  भीडभाड भएको बजारमा सो घटना घटेको रुसको एक समाचार एजेन्सीले डोनेत्सकका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सो कुरा बताएको छ ।

घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको रसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि रुसी नियोगले सोमबार सुरक्षा परिषद्को बैठकमा यस घटनाबारे छलफल गरिने घोषणा गरेको छ। र

सियाली विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघका कार्यक्रमहरूमा पनि यो मुद्दा उठाउने योजना बनाएको छ जहाँ रूसी विदेशमन्त्री सर्गेई लाभरोभ उपस्थित हुने कार्यक्रम छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र