काठमाडौं– युक्रेनी सेनाले आइतबार डोनेत्सकको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ । साथै २५ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।
युक्रेनी पक्षबाट १५२ एमएम क्यालिबर र १५५ एमएम क्यालिबरको गोला प्रहार गर्दा भीडभाड भएको बजारमा सो घटना घटेको रुसको एक समाचार एजेन्सीले डोनेत्सकका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सो कुरा बताएको छ ।
घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको रसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि रुसी नियोगले सोमबार सुरक्षा परिषद्को बैठकमा यस घटनाबारे छलफल गरिने घोषणा गरेको छ। र
सियाली विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघका कार्यक्रमहरूमा पनि यो मुद्दा उठाउने योजना बनाएको छ जहाँ रूसी विदेशमन्त्री सर्गेई लाभरोभ उपस्थित हुने कार्यक्रम छ।
प्रतिक्रिया