वर्षमानको दाबी : एमालेले कृष्ण सिटौलालाई हराउन राप्रपालाई सघाउँदैछ | Khabarhub Khabarhub

वर्षमानको दाबी : एमालेले कृष्ण सिटौलालाई हराउन राप्रपालाई सघाउँदैछ


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशबाट राष्ट्रियसभाको चुनावमा नेकपा एमालेले कृष्ण सिटौलालाई हराउन राप्रपालाई सघाउन लागेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले दाबी गरेका छन् । 

विराटनगरमा सोमबार सत्ता गठबन्धनका मतदाताबीच आयोजित अन्तरक्रियामा बोल्दै पुनले त्यस्तो सूचना आफूले पाएको बताएका हुन् ।  कोशी प्रदेशमा एमालेले राष्ट्रिय सभा निर्वाचनमा राप्रपा उम्मेदवारलाई समर्थन गर्न लागेको सूचना आफूले पाएको पुनले कार्यक्रममा बताए ।

०७४ सालको निर्वाचनमा माओवादी र एमालेले तालमेल गरेको समयमा पनि आफूहरूलाई थाहै नदिई एमाले अध्यक्ष केपी ओलीले झापाबाट राप्रपाका राजेन्द्र लिङदेनलाई जिताएर कांग्रेस नेता कृष्णप्रसाद सिटौला हराएको पुनले स्मरण गरे ।

माघ ११ गते हुने राष्ट्रियसभाको चुनावमा कोशी प्रदेशबाट सत्ता गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई अन्य क्लष्टरको उम्मेदवार बनाएको छ । एमालेले पर्शुराम अधिकारीलाई उठाएको छ भने राप्रपाले उद्धव पौडेललाई उठाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : ३६ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र