वर्षमानको दाबी : एमालेले कृष्ण सिटौलालाई हराउन राप्रपालाई सघाउँदैछ « Khabarhub

वर्षमानको दाबी : एमालेले कृष्ण सिटौलालाई हराउन राप्रपालाई सघाउँदैछ


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशबाट राष्ट्रियसभाको चुनावमा नेकपा एमालेले कृष्ण सिटौलालाई हराउन राप्रपालाई सघाउन लागेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले दाबी गरेका छन् । 

विराटनगरमा सोमबार सत्ता गठबन्धनका मतदाताबीच आयोजित अन्तरक्रियामा बोल्दै पुनले त्यस्तो सूचना आफूले पाएको बताएका हुन् ।  कोशी प्रदेशमा एमालेले राष्ट्रिय सभा निर्वाचनमा राप्रपा उम्मेदवारलाई समर्थन गर्न लागेको सूचना आफूले पाएको पुनले कार्यक्रममा बताए ।

०७४ सालको निर्वाचनमा माओवादी र एमालेले तालमेल गरेको समयमा पनि आफूहरूलाई थाहै नदिई एमाले अध्यक्ष केपी ओलीले झापाबाट राप्रपाका राजेन्द्र लिङदेनलाई जिताएर कांग्रेस नेता कृष्णप्रसाद सिटौला हराएको पुनले स्मरण गरे ।

माघ ११ गते हुने राष्ट्रियसभाको चुनावमा कोशी प्रदेशबाट सत्ता गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई अन्य क्लष्टरको उम्मेदवार बनाएको छ । एमालेले पर्शुराम अधिकारीलाई उठाएको छ भने राप्रपाले उद्धव पौडेललाई उठाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : ३६ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको