कम्युनिष्ट एकता आवश्यक : महासचिव गुरुङ « Khabarhub

कम्युनिष्ट एकता आवश्यक : महासचिव गुरुङ


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सबै कम्युनिष्ट पार्टीबीच एकता भएमात्र देशको समृद्धि सुनिश्चित हुने धारणा राखे ।

पूर्वपिएलए मकवानपुरको आयोजनामा आज झुरझुरेमा भएको कार्यक्रममा उनले छिट्टै माओवादीबाट टुक्रिएका दलहरु एक हुने बताए। सबै कम्युनिष्ट पार्टी एउटै झण्डामुनी उभिनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

उनले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको बताउँदै भने, “शान्ति सम्झौतापछिको १८ वर्षमा हामीले व्यवस्था परिवर्तन गर्न सक्यौँ तर अवस्था परिवर्तन गर्न बाँकी छ, शान्ति सम्झौता अझ टुङ्गोमा पुगेको छैन यो पनि बाँकी छ ।” उनले शान्ति सम्झौता टुङ्गोमा नपुगेकाले समय–समयमा समस्या आइरहेको बताए ।

उनले जनयुद्धका क्रममा झुरझुरेमा अन्तिम युद्ध भएको स्मरण गर्दै यस स्थललाई युद्धपार्क बनाएकामा बागमती गाउँपालिकालाई धन्यवाद दिए । उनले पार्कको व्यवस्थापनमा ध्यान दिएर सङ्ग्रहालय बनाउन सुझाव दिए ।

बागमती प्रदेश सरकार सामाजिक विकासमन्त्री कुमारी मोक्तानले रगतसँग साटेर ल्याएको व्यवस्था जनताका लागि भएको भन्दै जनताको अवस्था बदल्न सरकार प्रयासरत रहेको बताए । उनले युवा, महिला, घाइतेलगायतका लागि बागमती प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : २६ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत