कम्युनिष्ट एकता आवश्यक : महासचिव गुरुङ | Khabarhub Khabarhub

कम्युनिष्ट एकता आवश्यक : महासचिव गुरुङ


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सबै कम्युनिष्ट पार्टीबीच एकता भएमात्र देशको समृद्धि सुनिश्चित हुने धारणा राखे ।

पूर्वपिएलए मकवानपुरको आयोजनामा आज झुरझुरेमा भएको कार्यक्रममा उनले छिट्टै माओवादीबाट टुक्रिएका दलहरु एक हुने बताए। सबै कम्युनिष्ट पार्टी एउटै झण्डामुनी उभिनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

उनले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको बताउँदै भने, “शान्ति सम्झौतापछिको १८ वर्षमा हामीले व्यवस्था परिवर्तन गर्न सक्यौँ तर अवस्था परिवर्तन गर्न बाँकी छ, शान्ति सम्झौता अझ टुङ्गोमा पुगेको छैन यो पनि बाँकी छ ।” उनले शान्ति सम्झौता टुङ्गोमा नपुगेकाले समय–समयमा समस्या आइरहेको बताए ।

उनले जनयुद्धका क्रममा झुरझुरेमा अन्तिम युद्ध भएको स्मरण गर्दै यस स्थललाई युद्धपार्क बनाएकामा बागमती गाउँपालिकालाई धन्यवाद दिए । उनले पार्कको व्यवस्थापनमा ध्यान दिएर सङ्ग्रहालय बनाउन सुझाव दिए ।

बागमती प्रदेश सरकार सामाजिक विकासमन्त्री कुमारी मोक्तानले रगतसँग साटेर ल्याएको व्यवस्था जनताका लागि भएको भन्दै जनताको अवस्था बदल्न सरकार प्रयासरत रहेको बताए । उनले युवा, महिला, घाइतेलगायतका लागि बागमती प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : २६ बजे

बुमराहले आइपीएलको सुरुवाती खेल गुमाउने

काठमाडौं – जसप्रित बुमराहले यस सिजनको आइपीएलका केही खेल गुमाउने

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरु

डडेल्धुरा– चैत महिना लागेसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरु भएको

कैलालीको मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु

कैलाली– कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु

काठमाडौं तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं – काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको

पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री  सिंह

पाल्पा– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई