इरान र पाकिस्तानबीच तनाव कम गर्ने सहमती « Khabarhub

इरान र पाकिस्तानबीच तनाव कम गर्ने सहमती


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरान र पाकिस्तानले गत साता एकआपसमा घातक हमला गरेपछि बढेको तनावलाई कम गर्न सहमत भएसँगै दुवै मुलुकका राजदूतहरूले आफ्नो काम सुरु गर्ने घोषणा गरेका छन् ।

तेहरान र इस्लामाबादमा विदेश मन्त्रालयहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “दुवै मुलुकका राजदूतहरू जनवरी २६ सम्म आ–आफ्नो पदमा फर्किन सक्ने सहमति भएको छ ।” इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले पनि आफ्ना पाकिस्तानी समकक्षी जलिल अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्नुहुने विज्ञप्तिमा उल्लेख छ ।

जिलानी र अमिर–अब्दुल्लाहियानबीच टेलिफोन वार्तापछि निर्णयको घोषणा गरिएको हो । इरानले आफ्नो भूमिमा हमला गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा त्यस्तै प्रकारको ‘आतङ्कवादी लक्ष्यहरू’ मा हवाई हमला गरेको थियो ।

तेहरानले हालैका महिनामा इरानमा धेरै घातक हमला गर्ने जिहादी समूह जैश अल–अदललाई लक्षित गरी पाकिस्तामा हमला गरेको बताएको छ । सन् २०१२ मा स्थापना भएको उक्त समूहलाई इरानले ‘आतङ्कवादी’ सङ्गठनका रूपमा कालो सूचीमा राखेको छ ।

कम्तीमा दुई बालबालिकाको मृत्यु हुने गरी भएको इरानी हमलालाई लिएर पाकिस्तानले कडा आलोचना गरेको थियो र उसले तेहरानबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो भने इरानका राजदूतलाई इस्लामाबाद आउन रोक लगाएको थियो । तेहरानले बिहीबार पाकिस्तानी हमलामा कम्तीमा नौ जनाको ज्यान गएपछि इस्लामाबादका चार्ज डि अफेयरलाई बोलाएको थियो ।

शुक्रबार जिलानी र अमिर–अब्दुल्लाहियानले फोनमा कुराकानी गर्दै दुवै मुलुकबिच ‘स्थितिलाई कम गर्न’ सहमति व्यक्त गर्नुभयो । गत साता दुवै मुलुकबिच विभाजित बलुचिस्तानको सीमावर्ती इलाकामा दुर्लभ सैन्य कारवाहीहरूले इजराइल–हमास युद्धबाट यसअघि नै भड्किएको क्षेत्रीय तनावलाई बढाएको थियो ।

सिस्तान–बलुचिस्तान शिया बहुल इरानका केही प्रमुख सुन्नी मुस्लिम प्रान्तमध्येको एक हो । उक्त क्षेत्रले सीमापार लागुऔषध तस्करी गिरोह र बलुची जातीय अल्पसङ्ख्यक विद्रोहीहरूका साथै जिहादीहरू संलग्न रहेको लगातार अशान्ति देखेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : २० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र