मधेश कृषि विश्वाविद्यालयको सपना पूरा भयाे : अध्यक्ष यादव « Khabarhub

मधेश कृषि विश्वाविद्यालयको सपना पूरा भयाे : अध्यक्ष यादव


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सप्तरी । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेश कृषि विश्वविद्यालयको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । आज सो विश्वाविद्यालयको भवन शिलान्यासका अवसरमा विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले मुलुकको आर्थिक समृद्धिमा योगदान पु-याउनेमा विश्वास व्यक्त गरे ।

“आज राजविराजमा कृषि विश्वविद्यालय भवन शिलान्यास गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ, विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै रोजगारी तथा आर्थिक समृद्धिमा योगदान दिनेमा विश्वस्त छु”, उनले भने । उनले विश्वविद्यालयको भवन निर्माणका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले कृषि विश्वविद्यालय प्रदेश सरकारको गौरवका योजनामा रहेकाले भवन निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले विश्वविद्यालय परिवारलाई उच्च मनोबलका साथ अगाडि बढन समेत निर्देशन दिए।

प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आफू मुख्यमन्त्री हुँदै राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको स्मरण गराए । प्रतिकुल अवस्थाका बावजुद पनि प्रदेश सरकारले यसलाई प्रदेश गौरवको योजनामा राखेकाले देशकै उदाहरणीय विश्वविद्यालयको रुपमा स्थापित हुने दाबी गरे ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस प्रदेशको सप्तरीमा विश्वविद्यालथ स्थापना हुनु गौरवको विषय भएको बताए । कृषिबाटै प्रदेश र देशको आर्थिक समृद्धि हुने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड थियो ।

मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैद्यनाथ महतोले स्थापनादेखि शिलान्याससम्मका गतिविधिबारे जानकारी गराए । प्रदेश सरकारले विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष २०७८/७९ मा रु एक अर्ब ४९ करोड बहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेको थियो ।

सोही अनुरुप भवन निर्माणका लागि गत आर्थिक वर्षमा रु ३९ करोड र चालु आवमा रु ३० करोड विनियोजन गरिएको छ । विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि रु एक अर्बमा ठेक्का सम्झौता भएको विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ३० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई