मधेश कृषि विश्वाविद्यालयको सपना पूरा भयाे : अध्यक्ष यादव | Khabarhub Khabarhub

मधेश कृषि विश्वाविद्यालयको सपना पूरा भयाे : अध्यक्ष यादव


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सप्तरी । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेश कृषि विश्वविद्यालयको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । आज सो विश्वाविद्यालयको भवन शिलान्यासका अवसरमा विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले मुलुकको आर्थिक समृद्धिमा योगदान पु-याउनेमा विश्वास व्यक्त गरे ।

“आज राजविराजमा कृषि विश्वविद्यालय भवन शिलान्यास गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ, विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै रोजगारी तथा आर्थिक समृद्धिमा योगदान दिनेमा विश्वस्त छु”, उनले भने । उनले विश्वविद्यालयको भवन निर्माणका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले कृषि विश्वविद्यालय प्रदेश सरकारको गौरवका योजनामा रहेकाले भवन निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले विश्वविद्यालय परिवारलाई उच्च मनोबलका साथ अगाडि बढन समेत निर्देशन दिए।

प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आफू मुख्यमन्त्री हुँदै राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको स्मरण गराए । प्रतिकुल अवस्थाका बावजुद पनि प्रदेश सरकारले यसलाई प्रदेश गौरवको योजनामा राखेकाले देशकै उदाहरणीय विश्वविद्यालयको रुपमा स्थापित हुने दाबी गरे ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस प्रदेशको सप्तरीमा विश्वविद्यालथ स्थापना हुनु गौरवको विषय भएको बताए । कृषिबाटै प्रदेश र देशको आर्थिक समृद्धि हुने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड थियो ।

मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैद्यनाथ महतोले स्थापनादेखि शिलान्याससम्मका गतिविधिबारे जानकारी गराए । प्रदेश सरकारले विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष २०७८/७९ मा रु एक अर्ब ४९ करोड बहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेको थियो ।

सोही अनुरुप भवन निर्माणका लागि गत आर्थिक वर्षमा रु ३९ करोड र चालु आवमा रु ३० करोड विनियोजन गरिएको छ । विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि रु एक अर्बमा ठेक्का सम्झौता भएको विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ३० बजे

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद

सुदूरपश्चिमबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली

अन्तिममा बिक्री भए शरद, एनपीएल चितवनबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याट्सम्यान शरद भेस्वाकरलाई

इजरायलको बस स्टेशनमा आक्रमण, एक महिलाको मृत्यु

काठमाडौं – इजरायलको एउटा बस स्टेशनमा आक्रमण भएको छ ।