हिल्दुमका किसान तरकारीखेतीमा आकर्षित « Khabarhub

हिल्दुमका किसान तरकारीखेतीमा आकर्षित


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान यतिबेला तरकारीखेतीमा व्यस्त छन् । झन्डै ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यतादेखि गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन् ।

सुरुमा गाउँका एक-दुई किसानले प्लास्टिकको घर (ग्रिनहाउस) निर्माण गरी तरकारीखेती गर्दै आएका थिए । पछिल्ला केही वर्षमा पूरै गाउँ नै तरकारी खेतीमा आकर्षित भएर राम्रो उत्पादन गर्दै आएको गुणनेवर इन्टरनेसनलका कृषि प्राविधिक जङ्गबहादुर शाहीले बताए। 

उनले भने, ‘अहिले आफ्नो संस्थाले नौजना हिल्दुम गाउँका किसानलाई तरकारीखेतीका लागि प्लास्टिक, हजारी, रबरको पाइप, तरकारीको बीउ सहयोग गरेको छ ।’

हिल्दुम गाउँका किसानलाई विस्तारै तरकारीमा आत्मनिर्भर बनाउनेतर्फ लाग्ने भएको शाहीले बताए। व्यावसायिक कृषि अँगालेका किसान मेहनत अनुसारको कमाईबाट सन्तुष्ट छन् । कृषि गर्नेमा अधिकांश पाका उमेरका छन् । बेलाबखत पाइने तालिम, अनुदान र उपकरण सहयोगले पनि किसानलाई तरकारीखेतीमा प्रोत्साहन मिल्ने गरेको शाहीले बताए।

हिल्दुम गाउँमा उत्पादित तरकारी खपत हुने मुख्य बजार सदरमुकाम सिमकोट हो । तरकारीसँगै अन्नबाली, खेत खनजोत, गाईवस्तु, र मौरीपालनमा समेत किसान व्यस्त छन् । तरकारीखेतीबाट आफ्नो परिवारको जीविका चलेको स्थानीय महिला धुनसुब्बा सुनारले बताए। तरकारीमा साग, काउली, बन्दा, धनीयालगायत उत्पादन गर्दै आएको सुनारले जानकारी दिए। 

कृषक सुनारले भने, ‘एक डोको साग र धनियाँ सदरमुकाम सिमकोटमा बिक्री भयो भने रु एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गर्दछ ।’ दैनिक बिक्री गर्न पाए आम्दानी राम्रो हुने सुनारको भनाइ छ । हप्ताको तीन-चार दिन तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेको उनले बताए।

बालबच्चाको कापीकलमदेखि घरमा नुन, तेल किन्न पुगेको सुनारले बताए। तरकारीखेती गर्दा रोग लागेमा स्थानीय प्रविधिबाट औषधि बनाएर रोग नियन्त्रण गर्ने गरेको बताए । स्थानीय सकुन्तला शाही पनि कृषि काममा व्यस्त छन्। उनी यतिबेला ग्रिनहाउसमा तरकारी फलाउनमा व्यस्त देखिएका छन् । हिउँदको समयमा गाउँमा उत्पादित तरकारीले बजार राम्रो पाउने गरेको कृषक शाहीको भनाइ छ । 

वर्षायाममा सबैले तरकारी खेती गरेर उत्पादन गर्ने हुने हुँदा खपत कम हुने गरेको शाहीले बताए । हिउँद याममा आफूजस्ता किसानका लागि आम्दानीको स्रोत राम्रो हुने गरेको उनले बताए। आजभोलि सदरमुकाममा लिएर एक मुठा साग र धनियाँको रु ३० र काउली तथा बन्दाको रु ४० मा बिक्री गर्दै आएको उनको भनाइ छ । एक दिनमा दुई हजारसम्म आम्दानी हुने गरेको शाहीले बताए ।

हिल्दुम गाउँका किसानले कसैले विभिन्न कृषिसम्बन्धी काम गर्ने सङ्घसंस्थाबाट प्लास्टिकका पाल सहयोग पाएका छन्भने कसैले आफ्नै व्यक्तिगत खर्चमा लगानी गरेर पाल किनेर तरकारीखेती गरेका छन् । गाउँका सबैले यतिबेला आफ्नो घर अगाडि रहेका खेतबारीमा तरकारी फलाउँदै आएका छन् । गाउँमा फलाएको तरकारी बिक्री गर्न सदरमुकाम सिमकोट लैजान ३० मिनेट समय लाग्ने गरेको छ ।

गाउँमा सडकले नछोएको भए पनि डोकोमा बोकेर तरकारी बिक्री गर्न किसान सिमकोट पुग्ने गर्दछन् । युवा पुस्तामा तरकारीखेतीको आकर्षण नदेखिए पनि गाउँमा रहेका उम्मेर छिपिएका महिला तथा पुरुषले यो व्यवसाय गर्दै आएका छन् । गाउँमा सिँचाइ नभए पनि वर्षायाममा यहाँका किसानले आकाशे पानीको भरमा तरकारी फलाउँदै आएका छन् । 

कृषकले हिउँदयाममा भने प्लास्टिकको घर निर्माण गरी तरकारी फलाउँछन् । जिल्लाका अन्य बस्तीमा कमै मात्र किसान तरकारीखेतीमा लागेको पाइन्छ ।  हिल्दुम गाउँका ५६ घरधुरी सबै तरकारी फलाउँछन् । गाउँमा फलेको साग, धनियाँ, काउली, बन्दाले सदरमुकाम सिमकोटमा राम्रो बजार पाउनाका साथै बिक्री हुने गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १२ : २० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको