छोराकाे जिम्मामा छुटे महरा « Khabarhub

छोराकाे जिम्मामा छुटे महरा


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महारा रिहा भएका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हाजिरी जमानीमा छोडेको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार महरालाई स्वास्थ्यमा समस्या देखिएका कारण हाजिरी जवानीमा छोडिएको हो । उनले खबरहबसँग भने, ‘उनको छोराको जिम्मा लगाएर हामीले भर्खरै रिहा गरेका छौं ।’

विद्युतीय चुरोटको आवरणमा सुन तस्करी गरेको आरोपमा नेता महरा चैत ५ गते पक्राउ परेका थिए । उनलाई रुपन्देहीमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको थियो ।

उनलाई काठमाडौं जिल्ला अदालतले पहिलो अनुसन्धानका लागि चार दिनको म्याद दिँदै अस्वस्थ भएकाले अस्पताल भर्ना गराउन आदेश दिएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १ : ५३ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व