भोजपुर गोल्डकप : धनकुटालाई हराउँदै खोटाङ सेमिफाइनलमा « Khabarhub

भोजपुर गोल्डकप : धनकुटालाई हराउँदै खोटाङ सेमिफाइनलमा


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनकुटाको राजारानी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दे खोटाङको भगवती स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा भएको खेलमा दुवै टिमका तर्फबाट पहिलो हाफसम्म कुनै गोल हुन सकेको थिएन । दोस्रो हाफमा खोटाङका तर्फबाट जर्सी नम्वर नौ का मार्टिनले दुई गोल गरेका थिए ।

धनकुटाका तर्फबाट जर्सी नम्बर २३ का सुनिल खड्काले एक गोल मात्र फर्काउन सफल भए । प्रतियोगिताको म्यान अफ द म्याच खोटाङका मार्टिन भएका छन् । उनले नगद पाँच हजार र मेडल प्राप्त गरे ।

आजको खेलका विजेता खोटाङको भगवती स्पोर्टस क्लबले पहिलो खेलको बिजेता त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई शून्यका विरुद्ध चार गोल गर्दे सेमिफाइनलको यात्रा तय गरेको थियो ।

मङ्गलबारको तेस्रो खेल सलहेश युवा क्लब सिरहा र डाँगीहाट युथ क्लब मोरङका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए ।

फाइनल खेल आगामी वैशाख १५ गते हुनेछ ।प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउनेछन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १० : ०३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको