कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा « Khabarhub

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

धनुषा – नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर धनुषा ल्याएपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको हो ।

धनुषा जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धानका लागि मंगलबार कान्तिपुरको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेर बिपी राजमार्ग हुँदै बुधबार बिहान धनुषा ल्याएको हो ।

कान्तिपुर कार्यालयमा पुगेर उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोलीले सिरोहियालाई नियन्त्रणमा लिएका थिए ।

सिरोहिया पक्राउ परेको विरोधमा बुधबार बिहान रातिदेखि नै धनुषामा प्रदर्शन भइरहेको छ । सिरोहिया पक्राउ परेकोप्रति नेपाल पत्रकार महासंघ र मिडिया संवद्ध निकायले विरोध गरेका छन् ।

यो पनि पढ्नुहोस्

सिरोहिया पक्राउ पर्नुमा प्रहरीका ६ आधार

पक्राउ परे कैलाश सिरोहिया

सिरोहियालाई पक्राउ गरिनु अलोकतान्त्रिक कदम : देउवा

सिरोहियाको गिरफ्तारी अत्यन्त निन्दनीय छ : अध्यक्ष पोखरेल

सिरोहिया पक्राउको विरोधमा जनकपुरका युवा प्रदर्शनमा

गृहमन्त्रीलाई सिरोहियाको चुनौती : तपाईंविरूद्ध पनि दुई राहदानीको मुद्दा छ

कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ८ : २० बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र