बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको कँडेलको आग्रह « Khabarhub

बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको कँडेलको आग्रह


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेश सरकारको आगामी आव २०८१–८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनका क्रममा मङ्गलबार निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलमा उनले प्रदेश सरकारको क्षमताका आधारमा निजी क्षेत्रले विकास निर्माणको परियोजना अगाडि बढाउनुपर्ने बताए ।

क्षेत्र र भूमिका हिसाबले फरक भए पनि सबैको गन्तव्य कर्णाली बनाउने रहेको भन्दै उनले निजी क्षेत्रले दिएको राय सुझाव प्रदेश सरकारको आगामी नीतिमा समावेश गरिने जनाए ।

समृद्धिको लागि सुशासन आवश्यक भएको र त्यसका लागि नीति नियममा बसेर काम गर्ने कुरा प्रमुख रहेको मुख्यमन्त्री कँडेले बताए ।

उनका अनुसार सबैको सहयोगबाट कर्णालीको विकासका लागि आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गरिनेछ । त्यसैगरी सुर्खेत विमानस्थल निर्माणको जिम्मा सङ्घीय सरकारले लिनेगरी कर्णाली प्रदेश सरकारले त्यसको पहल गर्ने छ ।

 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ९ : ५५ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा