लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण | Khabarhub Khabarhub

लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय खुसी भएका हुन् ।

स्थानीय बुद्धरानी तामाङले स्थानीयले मात्र नभएर पर्यटकले समेत धेरै समस्या भोग्दै आएकामा झोलुङ्गे पुल निर्माणपछि सहज भएको बताए। 

‘हिउँदको समयमा फड्केलगायत अन्य माध्यमबाट पुल तर्दै आए पनि बर्खायाममा अत्यधिक समस्या हुने गरेको थियो । गाउँपालिकाले पुल बनाइदिएपछि ज्यान जोखिममा राखेर खोला तर्ने गरेका स्थानीय निकै खुसी छौँ’, उनले भने । 

नवनिर्मित झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गर्दै गाउँपालिकाको रु ६० लाख बजेटमा पुल निर्माण भएको जानकारी दिए । 

उहाँले पाँचपोखरी थाङपाल पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गका रूपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा, नौ ताल, आमायाङी र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको बताए। 

गाउँपालिकाको ६० लाख र स्थानीयको जनश्रमदानबाट बनेको एक सय १३ मिटर झोलुङ्गे पुलको निर्माणले  पर्यटन आवागमनमा सहज हुने र स्थानीयको आर्थिक वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले बताए।

 उनले अब घरबासको विकास गर्दै पर्यटकलाई सहज वातावरण  सिर्जना गर्ने उद्देश्य रहेको बताए । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी, वडाका जनप्रतिनिधिलगायत स्थानीयको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १२ : ३२ बजे

राष्ट्रियसभा अध्यक्ष र समितिका सभापतिबीच छलफल

काठमाडौं– बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति

विनियोजित बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को

गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता

गुल्मी– रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको

जेन-जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना पुन:निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट सघाउने

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षति पुन:र्निर्माणमा ओम शिवम पाइप्स

लिबियाको तटमा डुङ्गा डुब्दा ६१ आप्रवासी बेपत्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले लिबियाको पूर्वी तटमा