पूर्वी अफ्रिकामा भारी वर्षा, १६ लाख मानिस प्रभावित « Khabarhub

पूर्वी अफ्रिकामा भारी वर्षा, १६ लाख मानिस प्रभावित


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नैरोबी – भारी वर्षा र अचानकको बाढीले पूर्वी अफ्रिकामा अनुमानित १६ लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घको राहत एजेन्सीले बुधबार जनाएको छ ।

राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए)ले मे १७ सम्म बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा चार सय ७३ जनाको ज्यान गएको र झण्डै चार लाख १० हजार तीन सय ५० मानिस विस्थापित भएको बताएको छ ।

यस क्षेत्रभरका मानवीय एजेन्सीहरूले खोज र उद्धार कार्यमा सरकारहरूलाई सहयोग गर्न जारी राख्ने र आवश्यकता मूल्याङ्कनहरू सञ्चालन गर्ने, उपलब्ध स्टकहरू पूर्व–स्थितिमा राख्ने र तत्काल सहायता उपलब्ध गराउने ओसिएचएले बताएको छ ।

केन्याको राजधानी नैरोबीमा जारी गरिएको बाढीको अपडेटमा भनिएको छ, “भारी वर्षा र बाढी फैलिएपछि प्रतिक्रिया मापन गर्न थप कोष आवश्यक छ ।”

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १० : ०६ बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको