इन्द्रावतीमा लिच्छविकालीन अभिलेख भेटियो « Khabarhub

इन्द्रावतीमा लिच्छविकालीन अभिलेख भेटियो


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ । आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि लिपियुक्त अक्षर भेटिएको जनाइएको छ ।

गाउँपालिकाले पालिकामा रहेका प्राचीन पुरातात्विक एवं ऐतिहासिक सम्पदाको खोज एवं अभलेखीकरण गर्न हिमवत्खण्ड मिडिया प्रालिमार्फत विज्ञ अनुसन्धानकर्तासहितको टोली खटाएकामा उक्त लिच्छविकालीन अभिलेख भेटिएको हो ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एवं लिपिविज्ञ तथा इतिहासकार प्रा डा दिवाकर आचार्यकाअनुसार इन्द्रावतीको महादेवटारमा भेटिएको शिवलिङ्गको फुटेको जलहरीमा उत्कीर्ण संवत् ४४२ ९शकसंवत् मान्दा विसं ५७७० पुस ५ मिति अङ्कित शिलालेखमा राजाको नाम भने छैन ।

“काठमाडौँ उपत्यका बाहिर फेला परेको यस अभिलेखको विशेष महत्व छ”, आचार्यले भने । उक्त अभिलेखबाट लिच्छविकालमा राजपरिवारपछिको सबैभन्दा शक्तिशाली र शिक्षित परिवारका एक नयाँ सदस्य र उनको समस्याग्रस्त चरित्र एवं सन्देहास्पस्द अवसानको सूचना प्राप्त भएको उनको भनाइ छ ।

इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले महादेवटारमा लिच्छविकालीन अभिलेख भेटिँदा अत्यन्तै खुसी लागेको बताए । उनले सो स्थानको सुरक्षा र उत्खननका लागि पुरातत्व विभागमार्फत पहल थालिसकेको र उत्खननका लागि गाउँपालिकाले बजेटसमेत व्यवस्थापन गरेको बताए ।

इन्द्रावतीका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष शशिनाथ आचार्यले भने, “सम्पदा र संस्कृति, जात्रा परम्परामा हामी अब्बल थियौँ, लिच्छविकालीन प्रमाण नै भेटिएपछि सबै प्रफुल्ल भएका छौँ ।”

हिमवत्खण्ड मिडिया प्रालिका प्रमुख श्रीकृष्ण धिमालले अनुसन्धानका क्रममा लिच्छविकालीन अभिलेखसँगै मल्लकालीन, शाहकाल र राणाकालसम्मका अभिलेख फेला पारेको बताए । उनले लिच्छविकालीन सरस्वतीको मूर्ति पनि भेटिएको जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ३१ बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ