माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते, एकको अवस्था गम्भीर « Khabarhub

माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते, एकको अवस्था गम्भीर


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडौँतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् ।

घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय को धनश्याम न्यौपानेको अवस्था गम्भीर छ । 

बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रवक्ता रिजालले माइक्रो चालक चितवनको माडी नगरपालिका–१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । उक्त माइक्रोमा १७ यात्री सवार थिए । 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : ०९ बजे

सङ्कटका बेला भारतले नेपाललाई गरेको सहयोग अविस्मरणीय छः मन्त्री घिसिङ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सङ्कटको समयमा

उपल्लो मुस्ताङमा कायम निषेध फुकुवा गर्न प्रधानमन्त्रीसँग मुस्ताङका जनप्रतिनिधिको माग

काठमाडौं – मुस्ताङका स्थानीय तहका जनप्रतिनिधिले उपल्लो मुस्ताङको उपल्लो क्षेत्रमा

माधव नेपाल, भीम रावलजस्तो नहोस्, स्वस्थ प्रतिस्पर्धा गरौँ: केपी ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनलाई एकताको

काठमाडौं महानगरले गर्यो भूमिगत ‘फायर ड्राइराइजर’ कार्यको अनुगमन

काठमाडौं – काठमाडौं महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३

चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी

काठमाडौं- अर्घाखाँचीको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा