गृहमन्त्री लेखक र चीनका राजदूतबीच भेट, दुई देशको सम्बन्धबारे छलफल « Khabarhub

गृहमन्त्री लेखक र चीनका राजदूतबीच भेट, दुई देशको सम्बन्धबारे छलफल


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । सोमबार दिँउसो सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर राजदूत सङले गृहमन्त्री लेखकसँग बधाई ज्ञापनसहित भेटवार्ता गरेका हुन् ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सँधै सौहार्द्रपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । यस्तै उनले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए। 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए। साथै गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ ।

राजदूत सङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्‍वास व्यक्त गरे । नेपाल र चीनबीच सांस्कृतिक लगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने उनले विश्वास व्यक्त गरे।

यसैगरी राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध निणन्त्रण र दुवै मुलुकका नागरिकहरूको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पारेका थिए । साथै अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ४ : ४३ बजे

महोत्तरीका १६ कामदार भारतमा बन्धक

जलेश्वर (महोत्तरी)- महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १० पुरुष र छ

दोलखाको सरकारी विद्यालयमा चीनको सहयोग, पुस्तकालय स्थापना, विद्यार्थीलाई खेल सामग्री

दोलखा- दोलखाको एक सरकारी विद्यालयका बालबालिकाको शैक्षिक र शारीरिक विकासका

भीरबाट लडेर किशोरको मृत्यु

दमौली (तनहुँ)- तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर

युद्धविराम सहमतिपछि पनि रोकिएन लेबनानमा इजरायली आक्रमण, कयौँ सर्वसाधारण घाइते

बेरुत– अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानबीच युद्ध रोक्ने सहमति भएको

जगदम्बा मोटर्सद्वारा टीभीएसका दुई प्रिमियम मोटरसाइकल सार्वजनिक

काठमाडौं– काठमाडौंमा आयोजित एक विशेष समारोहबीच जगदम्बा मोटर्सले नेपालमा टीभीएस