लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त « Khabarhub

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यलाई नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि सोमबार साँझ ६ बजेसम्मको समय दिएर आह्वान गरेका थिए।

एमाले र नेपाली कांग्रेसबीच एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यले दाबी पेश गरेका थिए ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको इच्छाअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त भएका हुन् ।

यस्तोमा यसअघि छोटो समय मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न सांसदहरूको हस्ताक्षर पनि जुटाइसकेका थिए । उनले आइतबार नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको अवस्थामा सोमबार एकाएक परिस्थिति बदलिएको थियो ।

एमाले महासचिव पोखरेलले सोमबार बिहान फोन गरेर लुम्बिनीमा लिलाको साटो दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएका थिए ।

मुख्यमन्त्रीका लागि दाबी पेश गर्न तम्तयार गिरी महासचिव पोखरेलको फोनका कारण जिल्लिए । कांग्रेससँगको सहमतिअनुसार लुम्बिनीमा एमाले दलका उपनेता आचार्य मुख्यमन्त्री भएका हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : ४२ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना