आठौँ धर्म–धम्म सम्मेलनका लागि मन्त्री पाण्डे भारत प्रस्थान  « Khabarhub

आठौँ धर्म–धम्म सम्मेलनका लागि मन्त्री पाण्डे भारत प्रस्थान 


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

मन्त्री पाण्डे शुक्रबारबाट सुरु हुने तीन दिने आठां धर्म–धम्ब सम्मेलनमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेका हुन् ।

भारत फाउन्डेसनको पहल एवम् गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा  हुन लागेको धर्म–धम्म सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताहरूबीच निकट रहेका विचारहरूमाथि विमर्श हुने जनाइएको छ ।

सो सम्मेलनमा भूटान, श्रीलङ्का र नेपाल लगायतका देशका मन्त्रीहरूको सहभागिता रहने छ ।

यस पटकको धर्म–धम्म सम्मेलनको नारा ’धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ । सम्मेलनले शताब्दीयौंदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको धर्म–धम्म बीचको साझा विचारहरूलाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । उक्त सम्मेलनमा विदेशका शोधकर्ताहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्ने भएका छन् ।

आठौँ अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलन २०२४ मा १८ देशका तीन सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ६ : ११ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण