समाचार

आजका समाचार : प्रधानमन्त्रीसँग सवाल-जवाफ, हट्यो टिकटकको प्रतिबन्ध, थाइल्यान्डमा जहाज दुर्घटना

By खबरहब

August 22, 2024

उद्योगको विद्युत् महसुल प्रकरणमा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई लगाए दोष

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले डेडिकेटेड र ट्रंक लाइनका विद्युत् उपभोक्ताबाट बक्यौता उठाएरै छाड्ने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले सरकारले विद्युत् महशुल नउठाउने भनेर कहिले नभनेको बताए । ओलीले विद्युत महशुलबारे अनावश्यक हल्ला चलाइएको दाबी गरे ।

टीआरसी विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित

संक्रणकालीन न्याय सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो ।

भारतबाट फर्किएपछि परराष्ट्रमन्त्रीको टिप्पणी- सम्बन्ध अझै बलियो र सुदृढ बनाएँ

भारतको चार दिने भ्रमण सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा बिहीबार अपरान्ह देउवा स्वदेश फर्किएकी छन् ।

मन्त्री राणालाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री बद्री पाण्डेले स्वागत गरेका छन् ।

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री राणा नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै अख्तियारमा उजुरी दर्ता

आठ महिनापछि खुल्यो टिकटकमाथिको प्रतिबन्ध

प्रतिबन्धको आठ महिनापछि सरकारले मल्टिमिडिया प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

संसदीय छानबिन समितिले शुक्रबार रवि र छविको बयान लिने

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वडीआईजी छविलाल जोशीको बयान शुक्रबार लिने भएको छ ।

दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछानेका साझेदार रहेका जोशीलाई बयानका लागि शुक्रबार ११ बजे बोलाउन लागिएको समितिले जनाएको छ ।

जीबी राईलाई ‘हाम्रो ग्रुप अफ कम्पनी’ जिम्मा लगाएका पुष्पराजसँग बयान

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेल पुरूषसँग बयान लिएको छ।

समितिको बिहीबार सिंहदरबारमा बसेको ४४ ओँ बैठकमा अध्यक्ष पौडेलसँग बयान लिइएको समितिका सभापति तथा नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले जानकारी दिए ।

टीआरसी विधेयकविरुद्ध उत्रिए माओवादी पीडितहरू (तस्बिरहरू)

प्रतिनिधिसभाबाट पारित भइसकेको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकविरुद्ध माओवादी द्वन्द्वपीडितहरूले प्रदर्शन गरेका छन् ।

तत्कालीन द्वन्द्वको एउटा पक्ष रहेको माओवादीबाट पीडितहरूले बिहीबार मध्यान्ह काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन गरेका हुन् ।

कमल थापाको आग्रह- सहमति मै राजसंस्थालाई अभिभावकको रूपमा राखौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रूपमा सहमति मै राजसंस्था राख्न आग्रह गरेका छन् ।

राप्रपा नेपाल काठमाडौं -८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले धर्म, संस्कृति, मूल्य, मान्यता मासेर देश विकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनु पर्नेमा जोड दिए ।

 

 

 

 

अन्तर्राष्ट्रिय…

थाइल्यान्डमा ९ जना यात्रु सवार जहाज दुर्घटनाग्रस्त

थाइल्यान्डमा बिहीबार दिउँसो एउटा यात्रुवाहक जहाज दुर्घटनामा परेको छ ।

यो जहाज थाइल्यान्डको बाङ पाकोङ जिल्लास्थित चाचेङसाओको मानग्रोभ जंगलमा दुर्घटनाग्रस्त भएको हो ।

अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

अमेरिकामा चिनियाँ नागरिकलाई जासुसी गरेको आरोप

इतिहास लेख्ने बाटोमा ह्यारिसको ह्वाइट हाउस प्रवेश अभियान

 खेलकुद…

साफ यू–२० च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

घरेलु टोली नेपाल समूह विजेता बन्दै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपालकालागि समीर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए । खेलको १७ औँ मिनेटमै नेपालले सुरुआती अग्रता लियो ।