बुरुन्डीमा १७१ जनमा एमपक्स सङ्क्रमण पुष्टि « Khabarhub

बुरुन्डीमा १७१ जनमा एमपक्स सङ्क्रमण पुष्टि


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बुरुन्डी – गत महिना पहिलो एमपक्स सङ्क्रमण पुष्टि भएको बुरुन्डीमा हालसम्म यसका एक सय ७१ वटा सङ्क्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रीले बिहीबार बताएका छन् ।

“हामीले एक सय ७१ एमपक्स सङ्क्रमणको घटना दर्ता गरिसकेका छौँ । तीमध्ये एक सय ३७ अझै पनि सङ्क्रमित छन्”, स्वास्थ्यमन्त्री पोलिकार्पे नदाइकाजाले भने, “हालसम्म बुरुन्डीमा एमपक्सबाट कसैको मृत्यु भने भएको छैन ।”

जुलाईको अन्त्यमा बुरुन्डीमा एमपक्सका तीनवटा घटना पत्ता लागेको थियो भने स्वास्थ्य मन्त्रालयले अगस्ट १८ सम्म एक सय ५३ एमपक्स सङ्क्रमण पुष्टि गरेको थियो ।

बुरुन्डीमा पत्ता लागेको एमपक्स सङ्क्रमण छिमेकी देश कङ्गोमा फैलिएको ‘नयाँ भेरियन्ट’ जस्तो देखिने एक अधिकारीले बताएक छन् ।

मङ्कीपक्स भनेर चिनिने एमपक्स दशकौँदेखि परिचित सङ्क्रामक रोग हो । हाल फैलिएको ‘क्लेड १बी’ भेरियन्ट नयाँ अधिक घातक र अधिक सङ्क्रामक भएको पुष्टि भएको छ ।

‘क्लेड १बी’ भेरियन्टले लगभग तीन दशमलव छ प्रतिशत मामिलामा मृत्यु निम्त्याएको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओले यस नयाँ भेरियन्टको एमपक्स भाइरसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ११ : ११ बजे

मनसुन सक्रिय : पाँचमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच