बुरुन्डीमा १७१ जनमा एमपक्स सङ्क्रमण पुष्टि « Khabarhub

बुरुन्डीमा १७१ जनमा एमपक्स सङ्क्रमण पुष्टि


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बुरुन्डी – गत महिना पहिलो एमपक्स सङ्क्रमण पुष्टि भएको बुरुन्डीमा हालसम्म यसका एक सय ७१ वटा सङ्क्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रीले बिहीबार बताएका छन् ।

“हामीले एक सय ७१ एमपक्स सङ्क्रमणको घटना दर्ता गरिसकेका छौँ । तीमध्ये एक सय ३७ अझै पनि सङ्क्रमित छन्”, स्वास्थ्यमन्त्री पोलिकार्पे नदाइकाजाले भने, “हालसम्म बुरुन्डीमा एमपक्सबाट कसैको मृत्यु भने भएको छैन ।”

जुलाईको अन्त्यमा बुरुन्डीमा एमपक्सका तीनवटा घटना पत्ता लागेको थियो भने स्वास्थ्य मन्त्रालयले अगस्ट १८ सम्म एक सय ५३ एमपक्स सङ्क्रमण पुष्टि गरेको थियो ।

बुरुन्डीमा पत्ता लागेको एमपक्स सङ्क्रमण छिमेकी देश कङ्गोमा फैलिएको ‘नयाँ भेरियन्ट’ जस्तो देखिने एक अधिकारीले बताएक छन् ।

मङ्कीपक्स भनेर चिनिने एमपक्स दशकौँदेखि परिचित सङ्क्रामक रोग हो । हाल फैलिएको ‘क्लेड १बी’ भेरियन्ट नयाँ अधिक घातक र अधिक सङ्क्रामक भएको पुष्टि भएको छ ।

‘क्लेड १बी’ भेरियन्टले लगभग तीन दशमलव छ प्रतिशत मामिलामा मृत्यु निम्त्याएको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओले यस नयाँ भेरियन्टको एमपक्स भाइरसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ११ : ११ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर