भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा | Khabarhub Khabarhub

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम  ९१ प्रतिशत सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका इ सागर कार्कीका अनुसार चौबिसकोठीदेखि पुलचोकसम्म कालोपत्रको माथिल्लो भागको काम भइरहेको छ । सडक सुरक्षाको काम बाँकी रहेको छ । उनका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम सकिएको छ ।

पूरै सडकमा रङरोगन र सडक बत्तीको काम बाँकी रहेको कार्कीले जानकारी दिए । वर्षात्का कारण रङरोगनको काम रोकिएको हो ।

विसं २०७७ असोज २६ गते इन्डो सगुन जेभीले विसं २०७९ माघ २५ गतेभित्र विस्तार सक्ने गरी कामको जिम्मा लिएको थियो । सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ ।

दुई पटक समय थप गर्दा पनि सडक निर्माणको काम नसकिएपछि पुनः समय थप गर्न लागिएको कार्कीले बताए  । पुस मसान्तसम्मको समय थप गर्न लागिएको उनले जानकारी दिए ।

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्यालगरी छ दशमलव शून्य आठ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो ।

सडकको लागत एक अर्ब २३ करोड ५० लाख रुपैयाँ रहेको छ । पचास मिटर चौडाइ रहनेछ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउण्डको योजनासहित सडक निर्माण सुरु गरिएको हो ।

सडकको दायाँबायाँ ११ दशमलव पाँच मिटरका दरले कालोपत्र गरिएको छ ।  त्यसकाबीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर पाँच दशमलव पाँच मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बनेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्टलाइट र वृक्षारोपणको काम भइरहेको बताइन् । सडकमा वृक्षारोपणका लागि महानगरपालिकाले ९५ लाखको ठेक्का गरिसकेको छ । प्रमुख दाहालले भनिन्, ‘महानगरपालिकाको सभाकक्षमा छलफल गरेर बनेको आयोजना भएकाले यो आयोजना सुरुआतदेखि अहिलेसम्म हामीले उच्च प्राथमिकतामा राखेर सहयोग पुर्‍याइरहेका छौँ ।’

गत वर्ष बजेट निकासा नहुँदा महानगरपालिकाले संस्थागत रुपमा पहल गरेर बजेट निकासामा सहयोग गरेको थियो । दाहालले भनिन्, ‘महानगरको सौन्दर्यसँग जोडिएकाले यो सडकलाई सुन्दर र हरियाली बनाउने काम महानगरले पनि गरिरहेको छ ।’

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  २ : ३१ बजे

अमेरिकामा डढेलो : ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन

क्यालिफोर्निया – अमेरिकाको लस एन्जलसमा डढेलोको प्रकोप अझ बढेको छ।

कास्की जिल्ला अदालत : रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस जारी

गण्डकी – कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीको

कोशी प्रदेशको प्रगति : सात वर्षमा फेरिए आधा दर्जन मुख्यमन्त्री, कर्मचारी भाडाको घरमा

विराटनगर – स्थापना कालको साढे सात वर्षमा आधा दर्जन मुख्यमन्त्री

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

तराईमा देखिएको हुस्सु । फाइल तस्बिर

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

ताप्लेजुङ – सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि