कार्यकर्तालाई रविको आग्रह : सरकारले जे पनि गर्न सक्छ, अलर्ट रहनुहोला « Khabarhub

कार्यकर्तालाई रविको आग्रह : सरकारले जे पनि गर्न सक्छ, अलर्ट रहनुहोला


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले अधिनायकवादी चरित्र देखाएको बताएका छन् ।

आइतबार राति पार्टीको केन्द्रिय कार्यलयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै रविले सरकारले जे पनि गर्न सक्ने भन्दै देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका हुन् ।

उनले भने, ‘ढुक्क भएर बस्ने अवस्था छैन। मलाई सरकारले जे पनि गर्छ मलाई यो सरकारको विश्वास छैन। सरकारको विश्वास छैन। साथीहरू तम तयार भएर बस्नुहोला। यसलाई नजिकबाट हेर्नुहोला। म कुनै व्यक्तिगत लाभको पक्षमा छैन। मलाई भरोसा छैन सरकारले जे पनि गर्न सक्छ। यो सरकार विरोधीहरूलाई धरपोखर गर्न बनेको सरकार हो।बै नयाँ शक्ति एकैठाउँ बिनाका लागि कसैले त्याग गर्नुपर्छ भने सबैभन्दा ठूलो ठूलो त्याग म गर्न तयार छु। म रास्वपा शुभचिन्तक नेपाली दाजुभाईहरुलाई अलर्टमा रहनको लागि अनुरोध गर्दछु।’

उनले सरकारको ध्यान सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्नेमा नभएर रवि लामिछानेलाई जेल हाल्ने मात्र रहेको बताए ।

उनले भने, ‘ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ ।’

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १० : ५५ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले