हङकङमा ‘गाउँ आएको बाटो’को विषेश प्रदर्शन « Khabarhub

हङकङमा ‘गाउँ आएको बाटो’को विषेश प्रदर्शन


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ भाषी दर्शकलाई लक्षित गरी हङकङमा आयोजना गरिएको नेपाली फिल्म ‘गाउँ आएको बाटो’ को विषेश प्रदर्शन सम्पन्न भएको छ ।

निर्माण पक्षका अनुसार हङकङको गोल्डेन सिन सिनेमाको हलमा त्यहाँको समयअनुसार आइतबार दिउँसो २ बजे देखि बेलुका ८ बजेसम्म १२ शोमा बाँडेर फिल्म देखाइएको हो ।

त्यहाँका स्थानीय दर्शकलाई लक्षित गरी फिल्म चिनियाँ सब-टाइटलमा देखाइएको थियो । निर्माता अमोल राईका अनुसार आइतबार ८ सय भन्दा बढी नेपाली र विदेशी दर्शकले फिल्म हेरे थिए ।

निर्माता राई थप्छन्, ‘नेपाली दर्शकको उपस्थिति हामीले सोचेको भन्दा उल्लेख्य रह्यो । हामीलाई आगमी दिनमा काम गर्ने थप ऊर्जा मिलेको छ ।’

त्यस्तै, निर्देशक नवीन सुब्बाले चलचित्र हेरेपछि हङकङका नेपाली दर्शकसँग साक्षात्कार पनि गरेको थिए ।

फिल्म प्रदर्शनअघि औपचारिक कार्यक्रम पनि राखिएको थियो । कार्यक्रममा चलचित्रका निर्देशक नवीन सुब्बा, अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राईलगायत सहभागी थिए ।

त्यस्तै, कार्यक्रममा हङकङको महावाणिज्य दूत डा. उदयबहादुर राना, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, हङकङ किरात राई योयोक्खाका प्रतिनिधि, कलाकार, साहित्यकार तथा विभिन्न नेपाली संघ संस्था प्रतिनिधिहरुको उपस्थिति थियो ।

यो फिल्मको हङकङको प्रदर्शन अधिकार हङकङकै गोल्डेन सिन सिनेमाले किनेको हो । उसले आफ्नै हलमा फिल्म देखाएको हो ।

यस फिल्म निर्माणमा हङकङका चिनियाँ फिल्मकर्मीहरु पनि जोडिएका छन् । चलचित्र सम्पादनमा ताइवानका क्वान पुन लुङ, संगीतमा हङकङकी संगीतकार हाइडी ली र केही प्राविधिकहरुले यस फिल्ममा काम गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : ११ बजे

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई