चीनको बीआरआईलक्षित प्रधानमन्त्रीको भनाइ : अहिले सकेसम्म कतैबाट ऋण लिँदैनौँ | Khabarhub Khabarhub

चीनको बीआरआईलक्षित प्रधानमन्त्रीको भनाइ : अहिले सकेसम्म कतैबाट ऋण लिँदैनौँ


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न (मंसिर १७ गदेखि) चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन्।

नेकपा (एमाले)को उपत्यकास्थित तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्न मात्रै नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरे ।

ओलीले सम्बोधनका क्रममा अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताएका छन् ।

चीनले अघि बढाएको बीआरआई परियोजनाअन्तर्गत तत्काल ऋण लिन नहुनेअडान अर्को सत्तारुढ दल नेपाली कांग्रेसले लिइरहेको छ ।

यदि चीनले अनुदानमा बीआरआई अघि बढाउन तयार भएमा सहमत हुन सकिने कांग्रेसको अडानपछि ओलीको यस्तो भनाइ आएको हो।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ३ : २३ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ