भारतीय डोजर महाकालीवारी आएपछि दार्चुलामा तनाव « Khabarhub

भारतीय डोजर महाकालीवारी आएपछि दार्चुलामा तनाव


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय नम्बर प्लेटको एउटा डोजर महाकालीवारी आएपछि दार्चुला सदरमुकाम खलंगामा तनाव भएको छ ।

डोजर अनुमतिबिना आएपछि भारतको दादागिरी भन्दै दार्चुला सदरमुकामका स्थानीयबासी बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएका स्थानीले भारततर्फ कुनै काम नभएको अवस्थामा पनि डोजर नेपालतर्फ जबरजस्ती आएको भन्दै विरोध जनाएका छन् ।

प्रदर्शनमा उत्रिएका स्थानीयले गृहमन्त्री रमेश लेखक पनि सुदूरपश्चिमकै रहेको भन्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकको भूमिमामा पनि प्रश्न उठाएका छन् ।

‘पारीतर्फ काम चलिरहेको छैन, आज पनि भारतीय डोजर वारी आएको छ। भारतलाई नेपाल सरकारले जवाफ दिन सकेको छैन । नेपालीले यदि यो हर्कत गरेको भए कारबाही भइसक्थ्यो । कुनै पनि देश सानो-ठूलो हुँदैन । नेपालीहरूको करबाट भत्ता पचाइरहे हाकिमहरू अहिलेसम्म यहाँ आएका छैनन्’, आक्रोशित एकजना स्थानीयले भने ।

स्थानीय बासिन्दाका अनुसार भारतीय पक्षले सीमा क्षेत्रमा पहिले पनि यसरी डोजर नेपालतिर छिराउने गरेको थियो । आक्रोशित स्थानीयले यस घटनालाई नेपालको सार्वभौमसत्तामाथिको आक्रमण भनेका छन् ।

घटनास्थलमा भेला भएका स्थानीयले अनुमतिबिना यसरी भारतको डोजर नेपालतर्फ छिराएको भन्दै कारबाही माग गरेका छन्। प्रदर्शनमा उत्रिएकाहरूले यसलाई भारतको हेपाहमा र सीमा मिच्ने प्रवृत्ति भन्दै आपत्ति जनाएका छन् ।

स्थानीयको प्रदर्शनपछि घटनास्थलमा पुगेको प्रहरीले डोजरका चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। स्थानीय प्रशासनले यसबारे भारतीय पक्षसँग कुरा गरिरहेको जनाएको छ । अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित प्रहरीको टोली पुगेको छ।

अहिले जिल्लाको सुरक्षाअधिकारी र जनप्रतिनिधिले यस घटनाको निकासका लागि छलफल गरिरहेका छन् । अहिले उक्त भारतीय डोजर महाकालीवारी बगरमा रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १ : ०९ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक