भारतीय डोजर महाकालीवारी आएपछि दार्चुलामा तनाव | Khabarhub Khabarhub

भारतीय डोजर महाकालीवारी आएपछि दार्चुलामा तनाव


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय नम्बर प्लेटको एउटा डोजर महाकालीवारी आएपछि दार्चुला सदरमुकाम खलंगामा तनाव भएको छ ।

डोजर अनुमतिबिना आएपछि भारतको दादागिरी भन्दै दार्चुला सदरमुकामका स्थानीयबासी बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएका स्थानीले भारततर्फ कुनै काम नभएको अवस्थामा पनि डोजर नेपालतर्फ जबरजस्ती आएको भन्दै विरोध जनाएका छन् ।

प्रदर्शनमा उत्रिएका स्थानीयले गृहमन्त्री रमेश लेखक पनि सुदूरपश्चिमकै रहेको भन्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकको भूमिमामा पनि प्रश्न उठाएका छन् ।

‘पारीतर्फ काम चलिरहेको छैन, आज पनि भारतीय डोजर वारी आएको छ। भारतलाई नेपाल सरकारले जवाफ दिन सकेको छैन । नेपालीले यदि यो हर्कत गरेको भए कारबाही भइसक्थ्यो । कुनै पनि देश सानो-ठूलो हुँदैन । नेपालीहरूको करबाट भत्ता पचाइरहे हाकिमहरू अहिलेसम्म यहाँ आएका छैनन्’, आक्रोशित एकजना स्थानीयले भने ।

स्थानीय बासिन्दाका अनुसार भारतीय पक्षले सीमा क्षेत्रमा पहिले पनि यसरी डोजर नेपालतिर छिराउने गरेको थियो । आक्रोशित स्थानीयले यस घटनालाई नेपालको सार्वभौमसत्तामाथिको आक्रमण भनेका छन् ।

घटनास्थलमा भेला भएका स्थानीयले अनुमतिबिना यसरी भारतको डोजर नेपालतर्फ छिराएको भन्दै कारबाही माग गरेका छन्। प्रदर्शनमा उत्रिएकाहरूले यसलाई भारतको हेपाहमा र सीमा मिच्ने प्रवृत्ति भन्दै आपत्ति जनाएका छन् ।

स्थानीयको प्रदर्शनपछि घटनास्थलमा पुगेको प्रहरीले डोजरका चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। स्थानीय प्रशासनले यसबारे भारतीय पक्षसँग कुरा गरिरहेको जनाएको छ । अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित प्रहरीको टोली पुगेको छ।

अहिले जिल्लाको सुरक्षाअधिकारी र जनप्रतिनिधिले यस घटनाको निकासका लागि छलफल गरिरहेका छन् । अहिले उक्त भारतीय डोजर महाकालीवारी बगरमा रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १ : ०९ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण