फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट | Khabarhub Khabarhub

फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउले क्रिसमसअघि नै आफ्नो सरकारको नाम सार्वजनिक गर्ने तयारी गरिरहेका समय करिब दुई तिहाइ जनता उनलाई प्रधानमन्त्री बनाइएको प्रति असन्तुष्ट छन् ।

फ्रान्सेली साप्ताहिक पत्रिका डु डिमान्चेका लागि आइफपले गरेको एक नयाँ सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले उनको कार्यसम्पादनबाट चित्त नबुझेको बताएका छन् ।

आफ्नो नयाँ सरकार प्रमुखप्रति ३४ प्रतिशतले मात्र समर्थन जनाएका वा सन्तुष्ट रहेको बताएका छन् ।

इफपका अनुसार सन् १९५९ को दशकपछि प्रधानमन्त्रीका लागि यति कम अनुमोदन दर (समर्थन) देखिएको छैन ।

इफपका सर्वेक्षकहरूले डिसेम्बर ११ देखि १८ को बीचमा फ्रान्सेली दुई हजार चार जनप्रतिनिधिसँग सर्वेक्षणका लागि सोधपुछ गरेका थिए ।

राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यकालको छैटौँ र सन् २०२४ को चौथो प्रधानमन्त्री बेयरोउ हुन् । प्रत्येकले अघिल्लो भन्दा छोटो अवधिको लागि सेवा गरेका छन् ।

बेयरूका पूर्ववर्ती मिचेल बार्नियर फ्रान्सका सबैभन्दा पछिल्लो प्रधानमन्त्री थिए ।

गत डिसेम्बर १३ मा नियुक्त भएका बायरोउले अहिलेसम्म म्याक्रोँलाई आफ्नो मन्त्रीमण्डलको निर्णय बुझाएका छैनन् ।

उनले शुक्रबार फ्रान्स २ टेलिभिजनसँग कुरा गर्दै आफ्नो नयाँ टिम सप्ताहन्तमा वा ‘क्रिसमसअघि’ कुनै पनि हालतमा तय हुने बताएका छन्  ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १ : २१ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको