यू-१९ विश्वकप : बुधबार नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग « Khabarhub

यू-१९ विश्वकप : बुधबार नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली यू-१९ क्रिकेट टोलीले भोलि (बुधबार) आइसिसी यू-१९ विश्वकपको दोस्रो खेल पाकिस्तानसँग खेल्दैछ। खेल बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुनेछ।

पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपालका लागि दोस्रो खेल जित्नै पर्ने दबाब छ। समूह चरणको अन्तिम खेल नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ।

दक्षिण अफ्रिकामा सुरु भएको १५औँ संस्करणको यू-१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन्। १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

यस्तै, समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्याण्ड रहेका छन्। यसैगरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन्।

समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन्। अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल हुने छन्। सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ। अन्त्यमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्।

यसअघि भारतले सर्वाधिक ५ पटक उपाधि जित्दा अष्ट्रेलियाले तीन पटक उपाधि जितेको छ। यसैगरी, पाकिस्तानले दुई तथा बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक-एक पटक उपाधि जितेका छन्।

यू-१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यसपटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो। नेपालले गत वर्षको फागुनमा भएको यू-१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै विश्वकपमा स्थान बनाएको थियो।

यू-१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा, आकाश चन्द।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ०१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ