‘दूधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’ « Khabarhub

‘दूधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् ।

इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दूध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।

इलाम–५ का किसान वीरबहादुर अधिकारीले गतसाउन १५ देखि दूधको पैसा नपाएको गुनासो गरे । ‘साउनयता दूधको भुक्तानी भएको छैन । पाउनुपर्ने रकम नपाएपछि परिवार चालाउन धौधौ भइसक्यो’, उनले भने, ‘हामीले कसलाई भन्दा भुक्तानी हुने हो, थाहा छैन । हाम्रो अभिभावक नगरपालिका हो । नगरपालिकाले आवश्यक पहल गरिदिनुपर्छ ।’

सोही ठाउँका अर्का किसान गंगाप्रसाद नेपालले किसानले पाउनुपर्ने रकम स्थानीय, प्रदेश र संघीय सरकार मिलेर भुक्तानी गर्न माग गरे ।

उनले किसानले दूधको भुक्तानी नपाउँदा नगरपालिकाले राहतको कार्यक्रम नल्याएको गुनासो गर्दै दुग्ध उत्पादक किसानलाई राहत ‘प्याकेज ’ ल्याउन नगरपालिकासँग माग गरे ।

इलाम–५ माइपोखरीका किसान भुप्रसाद बजगाईंले दूध लिन दुग्ध विकास संस्थान (डीडीसी)को गाडी दैनिक आउन छोडेकाले दूध बिक्री हुन छोडेको बताए ।

‘डीडीसीको गाडी दैनिकरूपमा दुग्ध चिस्यान केन्द्रमा आउनुपर्ने हो । तर आजकल दुई–तीन दिनमा मात्र आउँछ । नआएको दिन दूध बिक्री हुँदैन, किसान मारमा छन्’, उनले भने, ‘किसानको दूध लिन कमसेकम डीडीसीको गाडी दैनिकरूपमा आउने वातावारण बनाउन नगरपालिले पहल गर्नुपर्छ ।’

जिल्ला दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष होम कट्टेलले गत भदौदेखि किसानले दूधको भुक्तानी नपाएको गुनासो गरे । उनले माघ तेस्रो सातासम्म पनि दूधको भुक्तानी नपाए किसानले आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए ।

‘किसानले गत भदौदेखि हालसम्म मासिक १५ दिनको मात्र दूधको भुक्तानी पाएका छन् । किसानलाई दैनिक गुजारा चलाउनसमेत धौधौ पर्न थालिसक्यो’, उनले भने, ‘किसानका समस्या समाधानका लागि चाँडो पहल गरियोस् । यो महिनाको तेस्रो सातासम्म पनि भुक्तानी नपाए किसान आन्दोलित हुनुको विकल्प छैन ।’

डीडीसीले साउनदेखि पुससम्मको नौ लाख ५६ हजार ५६० लिटर दूधको भुक्तानी दिन बाँकी रहेको अध्यक्ष कट्टेलले बताए ।

उनले डीडीसीले दुग्ध चिस्यान केन्द्र बिब्ल्याँटेमा दुई लाख ११ हजार ५० लिटर, तीनघरेमा दुई लाख ६१ हजार ६१० लिटर, फिक्कलमा एक लाख ८२ हजार ४०० लिटर र दुग्ध चिस्यान केन्द्र शान्तिडाँडामा तीन लाख एक हजार चार सय लिटर दूधको भुक्तानी दिन बाँकी रहेको जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ४३ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई