केकी अधिकारी ‘पोएट आइडल’ को जज बन्ने पक्का « Khabarhub

केकी अधिकारी ‘पोएट आइडल’ को जज बन्ने पक्का


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका केकी अधिकारी दोस्रो सिजनको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ को जज बन्ने भएकी छिन् । शोका निर्देशक अमनप्रताप अधिकारीका अनुसार पहिलो सिजनकी जज सुरक्षा पन्तको ठाउँमा दोस्रो सिजनमा केकी अनुबन्धित भएकी हुन् ।

शोको पहिलो सिजनमा सुरक्षा पन्तसहित उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक जज थिए । पहिलो सिजनका बाँकी तीन जजले दोस्रो सिजनलाई पनि निरन्तरता दिनेछन् । यसबारे आजै हिमालयन टेलिभिजनसँग सम्झौता भइसकेको छ ।

यो शोको दोस्रो सिजन माघ २२ गतेदेखि प्रसारण हुनेछ । सिक्किमकी कवयत्री निलम गुरुङ पहिलो सिजनको पोएट आइडलको विजेता बनेकी थिइन् ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ४७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र