पत्रकार महतोमाथिको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण « Khabarhub

पत्रकार महतोमाथिको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले अन्नपूर्ण दैनिकका समाचारदाता राजकरण महतोमाथि सार्वजनिक यातायातका सहचालकबाट गरिएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महासङ्घको महोत्तरी शाखाका सचिव महतोलाई यही माघ ७ गते बा२ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातका सहचालकले अश्लील शब्दसमेत प्रयोग गरी गालीगलौज गरेको जनाइएको छ । 

महासङ्घका महासचिव रोशन पुरीले उक्त घटनाका बारेमा  प्रेस विज्ञप्ति जारी गर्दै हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्न सरकारसँग माग गरे । महासङ्घले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । 

यसैबीच, पीडित पत्रकार महतोले दोषीलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको तीनकुनेस्थित प्रहरी वृत्तमा उजुरी दिएका छन् । 

उक्त वृत्तका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथाकीले निवेदन प्राप्त हुनासाथ यातायात कार्यालयबाट विवरण मगाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : ५६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई