पत्रकार महतोमाथिको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण « Khabarhub

पत्रकार महतोमाथिको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले अन्नपूर्ण दैनिकका समाचारदाता राजकरण महतोमाथि सार्वजनिक यातायातका सहचालकबाट गरिएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महासङ्घको महोत्तरी शाखाका सचिव महतोलाई यही माघ ७ गते बा२ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातका सहचालकले अश्लील शब्दसमेत प्रयोग गरी गालीगलौज गरेको जनाइएको छ । 

महासङ्घका महासचिव रोशन पुरीले उक्त घटनाका बारेमा  प्रेस विज्ञप्ति जारी गर्दै हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्न सरकारसँग माग गरे । महासङ्घले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । 

यसैबीच, पीडित पत्रकार महतोले दोषीलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको तीनकुनेस्थित प्रहरी वृत्तमा उजुरी दिएका छन् । 

उक्त वृत्तका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथाकीले निवेदन प्राप्त हुनासाथ यातायात कार्यालयबाट विवरण मगाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : ५६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र