गाजा हमलामा २१ इजरायली सैनिकको मृत्यु : सेना « Khabarhub

गाजा हमलामा २१ इजरायली सैनिकको मृत्यु : सेना


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– इजरायली सेनाले मंगलबार मध्ये गाजामा भएको आक्रमणमा २१  जना सैनिक मारिएको घोषणा  गर्दै उक्त घटना एक सय नौ  दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको छ ।

एक पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले  सैनिकहरूले दुई भवनहरू ध्वस्त पार्न विस्फोटक तयारी गरिरहेको बताउनु भएको छ ।  आतंककारीहरूले सोमबार नजिकैको ट्यांकमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरे पछि समय अगावै विस्फोट निम्त्यायो जसको परिणामस्वरूप भवनहरू ढले  सैनिकहरू भित्र तथा नजिकै थिए ।

 सेनाले एक विज्ञप्तिमा दुर्घटनामा पर्नेहरु २२ – ३७ वर्ष उमेरका रिजर्भ सैनिकहरू भएको बताएको छ । यो घटना अक्टोबर सातमा गाजामा हमास विरुद्धको युद्ध सुरु भएपछिको इजरायली सेनामाथि भएको सबैभन्दा घातक एकल आक्रमण हो । 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ०७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र