जनतालाई केन्द्रमा राखे कांग्रेस बलियो हुन्छ : देउवा « Khabarhub

जनतालाई केन्द्रमा राखे कांग्रेस बलियो हुन्छ : देउवा


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखेर उनीहरूको हितमा काम गर्दा नै कांग्रेस बलियो हुने बताएका छन् । नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुने बताए ।

सभापति देउवाले कांग्रेस नेपाली जनताको काम गर्न स्थापना भएको पार्टी भएको उल्लेख गर्दै देशका जुनसुकै कुनामा रहेका सर्वसाधारणको बीचमा पुगी उनीहरुको सुख दुःखमा साथ दिनुपर्नेमा जोड दिए।

“कांग्रेसलाई ठूलो पार्टीको रुपमा स्थापित गर्न पार्टीभित्रको एकता बलियो हुनु आवश्यक छ”, उनले भने, “राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र पार्टीलाई बचाउन कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नै पर्छ ।” नेपाली कांग्रेसलाई ठूलो पार्टीको रुपमा विकास गर्न विभिन्न पार्टीसँग निर्वाचनमा गठबन्धन गर्दै अघि बढेको र देशको राजनीतिक परिस्थितिलाई हेरेर गठबन्धन गर्नुपरेको उनले बताउ ।

लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको बेला लोकतन्त्रवादी एक भएर त्यसलाई बचाउन जरुरी भएको उल्लेख गर्दै सभापति देउवाले माओवादीलाई शान्ति सम्झौतामार्फत लोकतान्त्रिक प्रक्रियामा ल्याएको बताए ।

“नेपालको संविधानले सबै जातजातिलाई समान सहभागीताको व्यवस्था गरेको छ, राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएको छ”, उनले भने । हरेक पालिकामा प्रमुख वा उपप्रमुख महिला हुनैपर्ने व्यवस्था नेपालको संविधानले गरेको उल्लेख गर्दै सभापति देउवाले यस्तो व्यवस्था अन्य कुनै पनि राष्ट्रको संविधानमा नभएको दाबी गरे ।

पोखरा पर्यटकीय सहर भएकाले यहाँको ताल संरक्षण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमितरुपमा सञ्चालन गर्न कांग्रेस सक्रियरुपमा लाग्ने भन्दै सभापति देउवाले यहाँको पर्यटनको विकासमा पार्टीले ध्यान दिने बताए।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइरालाले हरेक कार्यकर्ताले बिपीको सिद्धान्तलाई अँगालेर अगाडि बढ्न सके देशमा उद्यमशीलताको विकाससँगै समृद्धि हासिल हुने बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीलाई एक ढिक्का बनाएर निर्वाचनमा लोकप्रिय नेतालाई मात्र टिकट दिनुपर्नेमा जोड दिए । कांग्रेसभित्रको गुट उपगुटलाई पन्छाउँदै अगाडि बढ्न सके मात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको मर्म र भावनाअनुसार सङ्घीयतालाई बलियो बनाउने कुरामा पार्टी नेतृत्व लाग्नुुपर्नेमा जोड दिए । कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्नसक्ने भएकाले कांग्रेस सुधारिनुको विकल्प नभएको बताए ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, गोविन्द भट्टराई, गुरु बराल, शारदा पौडेल, उर्मिला थपलिया, सरस्वती अर्याललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : ३७ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले